दिल्लीका तीब्र गतिका बलर रबाडाले सिजनको बाँकी खेल नखेल्ने

बैशाख २० – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । पहिलो पटक आइपिएलको उपाधी जित्ने लक्ष्यमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले सिजनको बाँकी खेल गुमाउने भए पछी दिल्लीलाई धक्का लागेको हो ।
दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । मे ३० देखि इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेट नजिकिदै गर्दा दक्षिण अफ्रिकाले रबडालाई टिममा बोलाए पछी उनले आइपिएलको बाँकी खेल नखेल्ने भएका हुन् ।
दिल्लीले आफ्नो अफिसियल फेसबुक पेजमा एउटा पोष्ट राख्दै राबडाले आगामी खेल नखेल्ने जानकारी दिएको हो ।रबाडाले जारी आईपीएलमा १२ खेलमा २५ विकेट लिई सकेका छन् । प्ले अफमा पुगि सकेको दिल्लीले जारी आईपीएलमा १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा छ । एजेन्सी
तपाइँको प्रतिक्रिया