टेस्ट राष्ट्रलाई समेत पछी पार्दै नेपाल ११ औं स्थानमा

बैशाख २० – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले टेस्ट राष्ट्रलाई समेत पछी पारेको छ ।
सार्वजनिक नयाँ वरियता अनुसार नेपाल ११ औं स्थानमा पुगेको छ । नेपालले वरियतामा ३ स्थान सुधार गरेको हो । ११ औं स्थानमा उक्लिएको छ । यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको हो ।
वरियतामा स्कटल्यान्ड नेपाल भन्दा १ स्थान तल अर्थात १२, जिम्बाबे १३ ,आयरल्यान्ड १५ र यूएई १६ औं स्थानमा छन् । पाकिस्तान शिर्ष स्थानमा रहदा साउथ अफ्रिका दोस्रो तथा इंग्ल्यान्ड तेस्रो स्थानमा रहेका छन् । अष्ट्रेलिया चौथो र भारत पाँचौ स्थानमा रहेका छन् ।
तपाइँको प्रतिक्रिया