काठमाडौं, बैशाख २० – राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको प्रती कांग्रेस नेता गगन थापाले ब्यङ्ग्य प्रहार गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै उनले ब्यङ्ग्य प्रहार गरेका हुन् ।
फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन् – म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?


राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सम्बोधनको क्रममा ‘नेपाल सरकार’ को सट्टा ‘मेरो सरकार’ भनेकी थिईन् ।