देशमा जनताले बनाएको सरकार छ कि राष्ट्रपतीको सरकार ? – कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, बैशाख २० – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको भन्दै आपत्ति जनाएका छन् । ट्विटरमा कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?’ उनले उक्त पोस्टमा प्रधानमन्त्रीलाई मेन्सन समेत गरेका छन् ।
प्रवक्ता शर्माले राजतन्त्र रहँदा ‘श्री ५ को’ सरकार हुँदा मेरो सरकार भन्थे तर अहिलेको संविधानले राष्ट्रपतिलाई सोही शैलीमा बोल्ने अधिकार नदिएको तर्क गरेका छन् ।’कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार’´ भनेर सम्बोधन गर्थे । आज रास्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
तपाइँको प्रतिक्रिया