६० किलो गाँजासहित एक भारतीय पक्राउ

एटुजेड समाचार

इनरुवा, बैशाख २० – सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फँुयालले बताउनुभयो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु