आजबाट देशभरका हल हलमा ‘दाल भात तरकारी’

बैशाख २० – आजबाट देशभरका सिनेमा हलहरुमा चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन भएको छ । मह संचारको प्रस्तुती चलचित्र ‘दाल भात तरकारी’ लाई सुदन केसीलेले निर्देशन गरेका हुन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, बर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, शिशिर वाङ्देन, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रको आइटम गीत प्रियंका कार्कीलाई देख्न सकिन्छ।
दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन रहेको छ ।‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्माण रहेको छ ।


तपाइँको प्रतिक्रिया