चितवन, बैशाख २० – पूर्ण पारिवारिक बातावरण सहित चितवनको नारायणगढमा ग्यालेक्सी एम्पाएर लाउन्ज एण्ड बार सन्चालनमा आएको छ । चितवनमा पारिवारिक बातावरण सहितको होटेलको आवश्यकतालाई मध्यानजर गर्दै भृकुटीपथ पुतलिबजार नारायणगढमा ग्यालेक्सी एम्पाएर सन्चालनमा आएको हो ।
बिशेष गरी पारिवारिक जमघटको लागि ग्यालेक्सी एम्पाएर सन्चालनमा आएको प्रबन्ध निर्देशक बिशाल श्रेष्ठले बताए । नेपालमा लाउन्ज एण्ड बारहरु युवा केन्द्रित भईरहेको अवस्थामा ग्यालेक्सी एम्पाएर भने पारिवारिक बातावरण सहित सन्चालनमा आएको उनले बताए ।


‘पछिल्लो समयमा लाउन्ज एण्ड बारहरु युवा केन्द्रित मात्र भईरहेका छन्, त्यस्ता लाउन्जहरुमा परिवारलाई लिएर जान पनि गाह्रो हुन्छ, उनले भने हामीले पारिवारिक बातावरणको लाउन्जको अभाव पुर्तीको लागि ग्यालेक्सी एम्पाएर सन्चालन गरेका हौ ।’ उनले लाउन्जको अर्को बिशेषता स्वादिष्ट र स्वस्थकर खाना भएको पनि बताए । स्वाद सँगै ग्राहकहरुको स्वास्थ्यलाई मध्यानजर गरेर खानाका परिकारहरु तयार पारिने श्रेष्ठको भनाई रहेको छ ।
२०० जनाको क्षेमता रहेको लाउन्जमा व्यवस्थित अन्डरग्राउण्ड पार्किङको सुबिधा रहेको उनले जानकारी दिए । यस्तै हप्ताको ४ दिन लाइभ म्युजिक पनि रहने उनले बताए । बुधवार, शुक्रबार, शनिबार र आइतबार लाइभ म्युजिक हुने उनले जानकारी दिए । यस्तै महिनामा १ दिन चर्चित ब्याण्डको लाइभ म्युजिक रहने पनि उनले बताए । पारिवारिक बातावरणलाई मध्यानजर गर्दै रक म्युजिक नभई अकोएस्टिक म्युजिक रहने श्रेष्ठको भनाई छ ।
लाउन्जका प्रबन्धक अनुप खत्रीले चितवनमा पारिवारीक जमघटको लागि ग्यालेक्सी एम्पाएर एउटा राम्रो बिकल्प भएको बताए । अब पारिवारिक जमघट कता गर्ने होला भनेर कसैले पनि चिन्ता लिन नपर्ने उनको भनाई रहेको छ । यस्तै उनले सन्चालनमा आएको केही समयको लागि ग्राहकहरुलाई १० देखी २० प्रतिशत सम्म छुटको सुबिधा दिईएको जानकारी दिए । खत्रीका अनुसार यस लाउन्जमा अहिले ३५ जनाले रोजगार पाएका छन् ।
लाउन्जका हेड सेफ प्रतिक प्रधानले खानाको परिकारमा कुनै कमी नगरिने बताए । स्वाद सँगै मानिसको स्वास्थ्यलाई मध्यनजर गरेर बिभिन्न किसिमका खानाको परिकार तयार पारिने उनले बताए । उनले संसारका सबै देशमा पाइने खानाको परिकार सकेसम्म उपलब्ध गराउने आफुहरुको प्रयास रहेको पनि बताए ।
उनले खानामा कुनै पनि किसिमको अखाद्य वस्तुको मिसावट नहुने प्रतिबद्दता गरेका छन् ।’हामी खानामा कुनै पनि किसिमको अखाद्य बस्तु मिलाउदैनौ तपाईहरु ढुक्क हुनुस्, उनले भने हामी हेर्दा र खादा मिठो बनाउने बहानामा ग्राहकको स्वास्थ्य सँग खेल्दैनौ ।’ ‘कसैलाई हामीले दिने सेवामा शंका लागे उहाँहरुले हाम्रो भान्छा हेर्न सक्नुहुन्छ – उनले भने । हेर्दा आँखालाई राम्रो र खादा स्वास्थ्यलाई पनि राम्रो नै ग्यालेक्सीको एक मुख्य बिशेषता रहेको उनको भनाई रहेको छ ।