आर्थिक समस्यामा चितवनका अटोचालक

सूर्यप्रसाद अधिकारी, बैशाख २०, चितवन। केहीसमय अघिमात्र चितवनमा आम्दानीको राम्रोे बाटो बनेको अटोरिक्सा चालक पेशा यतिखेर आर्थिक समस्यामा परेको छ।
महानगरले छोएका राजमार्ग लगायतका क्षेत्रहरुमा अटोरिक्सा गुडाउंँन नपाउंँदा र क्षमता भन्दा बढी अटोरिक्सा भित्रिदा उनीहरु समस्यामा परेका हुन । भीडभाड हुने स्थानमा अटो पार्किङ्गको सुविधा नहुनु र छिमेकी जिल्लाका अटोरिक्सा चालक समेतले भरतपुर क्षेत्रलाई कार्यथलो बनाउंँदा थप समस्या भएको उनीहरुको दुखेसो छ ।
भरतपुर महानगरपालिका १२ धनगढाका अटोचालक दिपक केसी अहिले यात्रु पाउनै मुश्किल परेको बताउंँनुहुन्छ । ‘यात्रुपाउने स्थानमा अटो लैजान पाइदैन, भित्री रोडमा प्यासेन्जर पाइदैन ।’ उहांँ गुनासो गर्नुहुन्छ । महानगरमा क्षमताभन्दा बढी अटोरिक्सा भएका कारण पनि समस्या परेको उहांँले बताउनु भयो । ‘ दुई बर्ष अगाडी किस्ता बन्दीमा अटो लिएको हो, एक बर्ष त नियमित किस्ता तिरें, तर अहिले परिवार पाल्न पनि मुश्किल परेको छ’ उहांँले भन्नुभयो । केसीको जस्तै अन्य अटो चालकको अवस्था पनि उस्तै छ । महानगरमा स्थानीय रुटमा चल्ने म्याजिक र छोटो दुरीका बसका कारण पनि अस्वस्थ प्रतिस्पर्धा भएको छ । यात्रुले सस्तो भाडामा यात्रा गर्न पाएपछि अटोरिक्सा कम चढ्ने गरेको उनीहरुको भनाई छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का जयराम दराई ३७ बर्षदेखि चालक पेशामा रहेपनि अहिलेसम्म यस्तो अवस्था नआएको बताउनु हुन्छ । ‘पहिले प्राजेक्टको गाडी चलाउंँथे, तलब सेवा सुविधा राम्रै थियो, अहिले रिटायर्ड भएर अटो चलाउन शुरु गरेको आम्दानी हुनै छाड्यो ।’ उहांँले भन्नुभयो । यात्रुहरु भित्रीबाटोमा पाउन गाह्रो पाएपनि चढ्न नमान्ने गरेको उहांँले बताउनु भयो ।
उहांँका अनुसार महानगरमा आवश्यकता भन्दा बढी अटोरिक्साको अनुमति दिएका कारण पनि यात्रु पाउन मुश्किल परेको हो । ‘एउटा अटोको सबै पासखर्च गरी ६ लाख भन्दा बढी पर्छ, किस्ता महिनाको ११ हजार पर्छ कसरी परिवार पाल्नु ।’ यसको विकल्पमा आफूले अन्य पेशा नजान्दा पनि बाध्य भएर अटो चलाउनु परेको उहांँको भनाई छ । अटोचालकले भाडामा एकरुपता नगर्दापनि उनीहरु समस्यामा परेका हुन । उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुंँदा सस्तो भाडामा यात्रु लानु परेको उनीहरुको गुनासो छ। यात्रुहरुको छिटो र सहजताका लागि अटोरिक्सा बढेपनि यसको उचित व्यवस्थापन नहुंँदा उनीहरु मारमा परेका छन ।
भरतपुर ९ का बलबहादुर थापा बिदेशबाट कमाएको पैसाले ंँ अटोरिक्सा किनेर चलाएपनि हाल आम्दानी नभएका कारण फेरी विदेशीनु पर्ने सोच भएको बताउंँनुहुन्छ । ‘के गर्नु परिवार ठुलो छ, एउटाको कमाइले पेट्रोल हाल्नु की, परिवार पाल्नु ।’ उहांँले दुखेसो पोख्नुभयो । कतिपय चालक कहिलेकांँही दिनभर हिड्दा बोहनी समेत नहुने गरेको सुनाउंँछन । नेपाल अटो तथा इरिक्सा सर्भिस संघ, चितवनका अध्यक्ष कृष्ण लामिछाने महानगरपालिकाले गत भदौदेखि महानगरभित्र अटोरिक्सा थप्न अनुमति नदिएपनि महानगरबाहिरबाट अनुमति लिएर आएका अटोरिक्साका कारण यहांँका चालकहरु समस्यामा परेको बताउनु हुन्छ । ‘यहांँ बन्द गरेर के गर्नु, अरु अञ्चल ,जिल्लाबाट दर्ता गरेर आउंँछन , अनि यहांँ चलाउंँछन । उहाँले भन्नुभयो । महानगरपालिका संँग अटोको लागि छुटै लेन बनाएर सञ्चालन गर्ने सम्झौता भएपनि हालसम्म यस बिषयमा कुनै प्रक्रिया नबढेको उहांँको भनाई छ । हाल महानगरपालिकामा २ हजार ५ सय अटोरिक्सा संञ्चालनमा छन भने, जिल्ला भरी ४ हजारको हाराहारीमा अटोरिक्सा रहेको तथ्यांक छ ।
तपाइँको प्रतिक्रिया