तेस्रो इन्डो नेपाल कराते प्रतियोगिता आजबाट शुरु (भिडियो सहित)

भरतपुर, बैशाख १९ – चितवनमा बिहीवारबाट तेस्रो इन्डो नेपाल कराते प्रतियोगिता शुरु भएको छ । जापान गोजु-रियो कराते डो केन्वाकाई नेपाल संघ चितवन शाखाको आयोजनामामा बिहीवारबाट भरतपुर १५ मंगलपुरमा तेस्रो इन्डो नेपाल कराते प्रतियोगिता शुरु भएको हो ।
चितवनमै पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वयन समिती चितवन प्रमुख कृष्ण डल्लाकोटीले उद्द्घाटन गरे ।उद्द्घाटन समरोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी डल्लाकोटीले प्रतियोगिताको सफलताको कामना गरे । उनले खेलको माध्यमबाट राष्ट्रलाई चिनाउन सकिने भन्दै सबै खेलाडीलाई सफलताको शुभकामना दिए ।
कार्यक्रमका बिशिष्ठ अतिथी धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले सम्पूर्ण खेलाडीहरुको सफलता कामना गरे । उनले देशमा खेलकुदको लागि भौतिक पुर्वाधारको आवश्यक रहेको बताए । नेपालको खेल क्षेत्रको बिकासको लागि रगंशाला आवश्यक रहेकोले आफुहरुले चितवनमा अन्तराष्ट्रिय रगंशाला निर्माण गर्ने अभियानमा लागेको उनले बताए ।
नेकपाका केन्द्रिय सदस्य बद्री तिमल्सिनाले देशको पहिचानको लागि खेलकुद आवश्यक रहेको बताए । उनले कराते खेलले बिस्तारै प्रगती गरिरहेको बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले खेलको माध्यमबाट शारिरीक र मानसिक रुपमा स्वस्थ रहन सक्ने बताए । उनले खेलको माध्यमबाट देशलाई विश्वभर चिनाउन सकिने भन्दै सबै खेलाडीहरुको सफलताको कामना गरे । श्रेष्ठले धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्द अन्तराष्ट्रिय रगंशालाको लागि कुनै पनि किसिमको सहयोग गर्न नेपाली काँग्रेस तयार रहेको प्रतिबद्दता गरे ।
को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतियोगिता संयोजक पुष्प आचार्यले स्वागत मन्तव्य राखेका थिए भने करातेका चितवन जिल्ला प्रमुख प्रशिक्षक राजु पौडेलले प्रतियोगिता बारे प्रकाश परेका थिए ।
प्रतियोगिता अन्तर्गत आज उद्द्घाटन समारोह मात्र सम्पन्न भएको हो । प्रतियोगिताका खेलहरु शुक्रबारबाट शुरु हुने संयोजक पुष्प आचार्यले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरुले ४५ स्वर्ण, ४५ रजत र ४५ कास्य गरी कुल १८० पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीहरुले उमेर समुह, तौल समुह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले बताए । ६ देखी १३ बर्षका खेलाडीहरुले उमेर समुहमा प्रतिस्पर्धा गर्नेछन् भने १४ देखी १९ बर्षकाले तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । १९ बर्ष माथिकाले भने खुल्ला तर्फ प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।
यसै बिच जापान गोजु-रियो कराते डो केन्वाकाई नेपाल संघ चितवन शाखाले कराते खेलमा महत्वपूर्ण योगदान पुराएका पुर्व खेलाडी तथा नेपालका मुख्य प्रशिक्षक गगन लामालाई सम्मान गरेको छ । बि.स २०५६ को आठौं साफमा नेपालले लामाकै प्रशिक्षणमा १४ स्वर्ण पदक जितेको थियो । लामा तत्कालिन युवराजा धिराज दीपेन्द्र वीर बिक्रम शाहदेवबाट नगद पुरस्कार, सम्मान तथा कदर पत्रबाट सम्मानित भएका थिए ।
सम्मान ग्रहण गर्दै लामाले आफु जन्मेको, हुर्केको र करातेको शुरुवात गरेको आफ्नै जिल्लाले सम्मान गर्दा खुशी लगेको बताए । उनले खेलकुदमा राजनीति नगर्ने हो भने देशको खेल क्षेत्रले ठुलो छलाङ मार्ने विश्वास ब्यक्त गरे ।
तपाइँको प्रतिक्रिया