बझाङ, बैशाख १९ – बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए ।
