आज देशभर मेघगर्जन र हुरीबताससहित पानी पर्ने

काठमाडौं,बैशाख १९ –बिहीबार बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ । यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ । चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् ।
तपाइँको प्रतिक्रिया