श्रमिकको योगदानले परिवर्तन सम्भव भएको हो ः पूर्वमन्त्री जोशी

बैशाख १८, चितवन।नेपाली काँग्रेसका नेता एबं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले हालसम्म नेपालमा भएको परिर्वन श्रमिकको योगदानले सम्भव भएको बताउनु भएको छ । बुधबार नारायणगढमा टे्रड यनियन काँगेस चितवन र नवलपुर संयुक्त आयोजनामा ंगरिएको श्रमिक दिवसको अवसरमा बोल्दै श्रमिक विना देशमा समृद्धि नआउने समेत उहांँले बताउनु भयो ।
सो अवसरमा बोल्दै उहांँले श्रमिकहरुले अन्याय विरुद्धमा भोकभोकै लडिरहेको भन्दै अहिले पनि श्रमिकले सवतन्त्रताको अनुभूति गर्न नपाएको बताउनु भयो ।
कम्युनिष्ट सरकार दुई तिहाई भएरपनि श्रमिकको हक हित र अधिकारलाई कुण्ठीत बनाएको आरोप नलगाउनु भयो । जनतालाई शान्तिको आभाष दिलाउनु पर्नेमा अहिले त्रसित वनाउने काम मात्रै गरेको उहाँले बताउनु भयो । वलत्कार पछि हत्या, बिभिन्न काण्डहरुका कारण जनता त्रसित वनिरहेको उहाँको भनाई थियो । अहिले जनताको आन्दोलनबाट आएको उपलव्धिलाई संस्थागत गर्नुको सट्टा सरकारले यसलाई खोस्न अघि वढेको उहाँको भनाई थियो । राष्ट्रियता र लोकतन्त्र कम्जोर वनाउने काममा सरकारनै लागेको बताउँदै उहाँले यसको रक्षाका लागि सबै एक हुन आबश्यक रहेको उहाँले बताउनु भयो ।
वालुवाटर प्रकरण देखि रत्नपार्क सम्म आई पुग्दा एउटा भ्रष्टाचारीलाई कारवाहि गर्न नसक्नु यसको कारण देखिएको नेता जोशीले वताउनु भयो । यही अवस्थामा देश अघि वढे एक दुई वर्षमा देशमा आर्थिक संकट आउने उहाँले बताउनु भयो ।
देशमा भएको परिवर्तन मजदुरहरुका कारण सम्भव भएको उहाँले बताउनु भयो । उहाँले देशको परिवर्तनमा मजदुरहरुले खेलेको भूमिकाको अवमुल्यान गर्न नहुने बताउनु भयो ।
सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन सरकारले परिमार्जन गर्न लागेको थाहा पाएको भन्दै उहाँले त्यसो गर्दा सबै बर्गलाई असर पर्ने बताउनु भयो । श्रमीकको उचित मुल्याङ्कनका लागि देशमा उद्योग धन्दाको बिकास हुनु पर्ने भन्दै उहाँले मजदुरका समस्या राज्यले उचित तरीकाले समाधान गर्नु आबश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा बोल्ने मजदुर अन्य नेताहरुले अहिले सरकारले श्रमिकका मुद्धामा आँखा चिम्लने प्रयास गरेको बताएका छन् । उनिहरुले श्रमीकले श्रमको उचित मुल्य पाउन नसकेको बताउँदै यसको व्यवस्थापन गर्न जरुरी रहेको बताएका थिए ।सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रिय उपाध्यक्ष इन्दिरा सापकोटा, पूर्ब काँग्रेस चितवनका सभापतिहरु टेक प्रसाद गुरुङ्, रामकृष्ण घिमिरे, तोपमान गुरुङ्, कृष्णलाल सापकोटा, नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोईराला, सचिब द्धय उत्तम जोशी, राजिप न्यौपाने, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भटराई, ईच्छाकामना गाउँपालिका प्रमुख गिता गुरुङ्, नेपाल शिक्षक महासंघ केन्द्रिय सचिब ध्रुर्व पोख्रेल, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्ब केन्द्रिय सदस्य बैकुण्ठ पौडेल, ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरीहर सापकोटा, नवलपुर अध्यक्ष गंगाधर सुवेदी लगायतले बोल्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया