च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल बिचको महाभिडन्त आज

एटुजेड समाचार

बैशाख १८ – युइएफए च्याम्पियन्स लिगमा आज राती स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल बिच खेल हुँदैछ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र लिभरपुल बिचको सेमीफाइनलको पहिलो लेग आज हुन लागेको हो ।

आ-आफ्नो घरेलु लिगमा उच्च फर्ममा रहेक यि दुई टोली बिचको खेल निकै रोमान्चक हुने देखिन्छ । हालै मात्र स्पेनिस ला लिगाको उपाधी जितेको बार्सिलोना र प्रिमियर लिगको उपाधी होडमा बलियो देखिएको लिभरपुल बिचको खेल प्रतिस्पर्धात्मक हुनेछ ।

यस खेललाई यो सिजनको च्याम्पियन्स लिगकै रोमान्चक खेलको रुपमा लिईएको छ । दुई हेभी वेट क्लबहरुको भिड्ने हुँदा यसलाई कतिपयले च्याम्पियन्स लिगको फाइनल सरहको खेलको रुपमा व्याख्या गरिरहेका छन् ।

बार्सिलोना घरेलु मैदानमा सुखद नतिजा निकाल्दै फाइनलको बाटो सजिलो बनाउने योजनामा रहेको छ । उता लिभरपुल पनि बार्सिलोनालाई उसकै मैदानमा हराएर फाइनलको यात्रा सहज बनाउने दाउमा रहेको छ । दुबै टोली आज आफ्नो पहिलो रोजाईका खेलाडीहरु लिएर मैदान उत्रनेछन् ।

च्याम्पियन्स लिगमा सन् २००७ पछि बार्सिलोना र लिभरपुल पहिलो पटक भिड्न लागेका हुन् । सन् २००७ मा अन्तिम १६ मा नै यि दुई क्लबको भेट भएको थियो । उक्त भेटमा लिभरपुल र बार्सिलोनाले समग्रमा २-२ को बराबरी गरे पनि अवे गोलको आधारमा लिभरपुल बिजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

क्वाटरफाइनलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुलले पार्चुगिज पोर्टोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । बार्सिलोना र लिभरपुल बिचको खेल नेपाली समयअनुसार राती पौने १ बजे बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू