टिप्परको ठक्करबाट घाईतेको उपचारका क्रममा मृत्यु

चितवन, वैशाख १८ –
टिप्परले मोटरसाईकललाई ठक्कर दिदा घाईते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । र्का एक घाईतेको उपचार भईरहेको छ । भरतपुर महानगरपालिका ५ का ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चौविसकोठीबाट विशालचोक तर्फ गईरहेको ना ७ ख २२६९ नम्बरको टिप्परले भित्रीबाटोबाट आउँदै गरेको ना १८ प १००१ नम्बरको मोटरसाईकललाई मंगलवार ठक्कर दिँदा मोटरसाईकलमा सवार धर्मराज र उनका श्रीमती ४५ वर्षीय कमला अधिकारी घाइते भएका थिए ।


घाईते धर्मराजको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज विहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया