नेपालमा श्रम गर्नेहरुको सम्मान नै छैन ः अध्यक्ष सापकोटा

एटुजेड समाचार

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा मे १ तारिखलाई संसारभर श्रमिक आन्दोलनको उत्सवको रुपमा मनाइन्छ । सन् १९८० देखि मे १ लाई श्रमिक दिवसका रुपमा संसारभरी मनाउँदै आइएको छ । नेपाल टे«ड युनियन कांग्रेसले यस पटकको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) लाई श्रमिक जागरण अभियानका रुपमा मनाउँदै छ । यसै सन्दर्भमा नेपाल टे«ड युनियन कांग्रेस जिल्ला समिति चितवनका अध्यक्ष हरिहर सापकोटासँग १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा  गरिएको कुराकानी ः

आज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै हुनुहुन्छ । आम श्रमिक मजदुरहरुलाई के सन्देश दिनु हुन्छ ?
१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा श्रम तथा श्रमिकको सम्मान गर्ने सँस्कारको विकास छैन । सबैभन्दा पहिला श्रम तथा श्रमिकप्रति सम्मानको वातावरणका लागि सबैसँग अनुरोध गर्दछु । मजदुरका अधिकार सुनिश्चितताका लागि सबै पक्षलाई एकाकार हुन आह्वान गर्दै सम्पूर्ण श्रमजीवीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

तपाइँ नेपाल टे«ड युनियन काँग्रेस जिल्ला समितिको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको एक बर्ष पूरा भएको छ । यसअघि पनि जिल्ला समितिमै हुनुहुन्थ्यो । अध्यक्षमा निर्वाचित भइसकेपछिको मूल्यांकन कसरी गर्नु भएको छ ?
म लामो समयदेखि श्रमजीवी वर्गको पेशागत अधिकार, सम्मान र सुरक्षाको साथै टे«ड युनियन काँग्रेसको संस्थागत विकासको निम्ति समर्पित रहँदै आएको छु । म नेपाल कारखाना श्रमिक संघको सचिव अध्यक्ष हुँदै नेपाल टे«ड युनियन काँग्रेस जिल्ला समितिको उपाध्यक्ष हँुदै २०७४ साल चैत १४ गते भएको छैठौं जिल्ला अधिवेशनपछि अध्यक्षको भूमिकामा छु । मलाई विश्वास र भरोसा गरी सर्वसम्मतरुपमा नेतृत्वमा पु¥याउनु हुने सम्पूर्णमा आभार प्रकट गर्दछु ।
यो एक बर्षमा जिल्लाभित्र महत्वपूर्ण घटनाहरु देखा परेका छन् । सबै घटनाहरुमा नेपाल टे«ड युनियन काँग्रेसको भूमिका आमश्रमजीवी, राजनीतिक दल एवं नागरिकबाट समेत प्रशंसनीय एवं भरोसायोग्य रहेको कुरा ब्यक्त हँुदा आफूलाई सन्तोष लागेको छ । आगामी दिनमा आमश्रमिक मजदुरहरुको हक अधिकार संरक्षण र प्रवद्र्धनमा समर्पित हुने प्रेरणा मिलेको छ ।

जिल्लामा घटेका महत्वपूर्ण घटनाहरुमा तपाइँ आमश्रमजीवीको पक्षमा रहेको कुरा उल्लेख गर्न मिल्छ ?
आमश्रमजीवीको पक्षमा गरेको कुरा बिभिन्न समयमा बिभिन्न सञ्चारमाध्यमबाट त आइसकेका छन् । चितवनमा अटो स्वरोजगार श्रमिकको आन्दोलनको कुरा गरौं । भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे अटोहरुलाई बिकल्पबिना पुर्वपश्चिम राजमार्ग (नारायणगढ बजार समेत), बाईपास रोड प्रवेशमा रोक लगाउने प्रयास ग¥यो । महानगरले गरेको कार्यले गरीखाने वर्गलाई हतोत्साही बनाएपछि त्यसको सशक्त प्रतिबाद हामीले नै गरेका हौं ।
स्मार्ट फुड प्रा.लि. रत्ननगरमा ४१ जना नेपाली श्रमिक निष्कासन गर्दै ब्यवस्थापनले विदेशी कामदार नियुक्त गरेको घटनामा पनि हामी नै अगाडि स¥यौं । बिनाशर्त निष्कासित कामदारलाई पुनर्बहालीको माग गर्दै सशक्त आन्दोलनपछि त्यहाँको ब्यवस्थापनले सबै श्रमिकहरुलाई पुनर्बहाली गरेको छ । यो अर्को क्रियाशिलता हो ।
यति ब्रुअरी प्रा.लि.ले बिभिन्न बहाना बनाएर १३ जना श्रमिकहरुलाई कामबाट निष्कासित गरेको सूचना टाँस गरेपछि यो पनि पेचिलो बिषय बनेको थियो । अन्ततः वार्ता र सम्वादकै माध्यमबाट सबै श्रमिकहरु काममा पुनर्बहाली भएका छन् । यस्ता थुप्रै घटनाहरुमा नेपाल टे«ड युनियन काँग्रेसले नेतृत्व गर्दै श्रमजीवी मजदुरको पक्षमा काम गरेको छ । जसका कारण श्रमजीवी मजदुरहरुको आशा र भरोसाको केन्द्र बन्न हाम्रो संस्था सफल भएको छ ।

चितवनमा श्रमजीवीहरुको अवस्था कस्तो छ ? साझा मुद्दाहरुमा अन्य मजदुर संगठनहरु सँग पनि सहकार्य गरीरहनुभएको छ की ?
नेपालमा श्रम गर्नेहरुको सम्मान नै छैन भन्दा फरक पर्दैन । निजी क्षेत्र जस्तै सरकारले पनि श्रमजीवीहरुलाई हेपेको महसुस हामीले गरेका छौं । आफूलाई सर्वहारा वर्गको द्योतक हँु भन्ने बर्तमान बामपन्थी सरकार श्रमजीवीलाई हेप्ने पेल्ने काम काम गरेको छ । कारखाना, यातायात, कृषि लगायतका क्षेत्रमा काम गर्ने साथीहरु पनि न्यून पारिश्रमिकबाट बन्चित छन् । यी तमाम अवस्था अन्त्यको लागि योजनाबद्ध रुपमा काम गरिराखेका छौं ।
नेपाल शिक्षक संघ, स्वास्थ्यकर्मी संघ, स्थानीय निकाय कर्मचारी संघमा आवद्ध श्रमजीवीहरुलाई अफ्ठेरोमा पार्ने काम भइरहेको छ । देश संघीय संरचनामा गइसकेपछि संवैधानिक प्रावधान अनुसार केन्द्र, प्रदेश र स्थानीय तहलाई संवैधानिक हैसियत प्राप्त भए पनि स्थानीय तहमा रहेका साथीहरु निक्कै हेपिएको महसुस गरेका छौं । धेरै ठाँउमा हस्तक्षेप भइरहेको खबर प्राप्त गरेका छौं ।
नेपाल टे«ड युनियन काँग्रेस आफैमा पनि श्रमजीवीहरुको महासंघ हो । गर्विलो इतिहास भएको युनियनमा नेपाल शिक्षक संघ, नेपाल कारखाना मजदुर संघ, नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी वकिल संघ लगायत २७ वटा संस्थाहरु आवद्ध छन् । हामी आफै कुनै पनि हेपाई एवं पेलाईको विरुद्ध सशक्त रुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सक्छौं । केही साझा मुद्दामा अन्य संगठनहरु आउन खोज्नु भयो भने सहकार्यका लागि उहाँहरुलाई पनि स्वागत नै छ ।

नेपाल टे«ड युनियन काँग्रेसलाई आम श्रमजीवीहरुको माझ पु¥याउन के कस्ता कार्यक्रमहरु गरी राख्नु भएको छ । आगामी योजनाहरु के के छन् ?
वि.सं. २००३ सालमा विराटनगर जुट मिलमा मजदुरहरुको हक र हितका लागि भएको आन्दोलनको संस्थागत स्वरुप नै नेपाल टे«ड युनियन कांग्रेस हो भन्ने कुरा त सबैलाई जानकारी नै छ । तसर्थ मजदुरहरु श्रमजीवीहरुको एउटा भरपर्दो सारथी भनेकै नेपाल टे«ड युनियन कांग्रेस हो । इतिहासको त्यो विरासतलाई कायम राख्दै यो कार्य समिति निर्वाचित भएदेखि चितवनमा हामी निकै सशक्त रुपमा लागिरहेका छौं । अघिल्लो वर्ष विभिन्न क्षेत्रका मजदुरहरुको उपस्थितिमा बृहद अन्तत्र्रिmया तथा जनचेतनामुलक कार्यक्रम गरेका थियौं । भरतपुर महानगरमा मात्र होइन, इच्छाकामना गाउँपालिकामा समेत हामी कृयाशील छौं । विभिन्न प्रतिष्ठानमा श्रमिक ईकाईहरु गठन गरेका छौं । हामीले यति ब्रुअरीमा नेपाल कारखाना श्रमिक संघको ईकाइ गठन गरेका छौं । त्यसै गरी रिभर साईड रिसोर्ट ईच्छाकामनामा होटल श्रमिक संघको ईकाई गठन गरेका छौं । त्यस्तै गरी ईच्छा कामनामा नैं गृह श्रमिक संघ तथा ब्युटिसियन संघको गठन गरेका छौं ।
बिभिन्न समयमा मजदुरहरुलाई आफ्ना हक, अधिकार तथा कर्तब्यबारेका प्रशिक्षण प्रदान गरेका छौं । नेपाली काँग्रेसको बिद्यानमा मजदुरहरुको प्रतिनिधित्व कसरी बृद्धि गर्न सकिन्छ भन्ने बारेमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु सँग ब्यापक अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेका छौं । बिभिन्न समयमा श्रमिक जागरण अभियान सञ्चालन गरेका छौं । नेपाली काँग्रेसको सरकारले पास गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ लाई प्रभावकारी कार्यान्वयन गनुको सट्टा प्रचारबाजी मात्र गर्ने कार्यको हामी घोर भत्र्सना गर्दछौं । त्यो ऐन तुरुन्त कार्यान्वय गर्नका लागी सरकारलाई तबाव सिर्जन ागर्ने काम समेत गर्दछौं । चितवनका सन्र्दभमा सामाजिक सुरक्षा ऐन २०७४ के हो ? यसको महत्व र प्रभाब एंव यो ऐन निमार्णमा नेपाल टे«ड युनियन काँग्रेसको भूमिको उजागर गर्न स्मारिका प्रकाशनको तयारी समेत गरेका छौं । हामीले श्रमिक जागरण अभियानलाई नियमित कार्यक्रमको रुपमा अगाडि बढाइरहेका छौं । त्यसलाई निरन्तरता समेत प्रदान गर्नेछौं । यस अलावा अन्याय, महङ्गी, भष्टाचारका विरुद्ध मातृपार्टी नेपाली काँग्रेसले आह्वान गरेका विभिन्न आन्दोलनका कार्यक्रमहरुमा सहभागी भएका छौं ।
श्रमिक मजदुरहरु किन नेपाल टे«ड युनियन काँग्रेसमा नै आवद्ध हुन जरुरी छ ? अन्य मजदुर संगठनभन्दा तपाईहरु के कुरामा फरक हुनुहुन्छ ।
नेपाल टे«ड युनियन काँग्रेस श्रमजीवीहरुको वर्गीय उत्थान, पेशागत सम्मान, सामाजिक सुरक्षाको प्रत्याभुति तथा नीति निर्माण तहमा खेलेको भूमिकाका अरु संगठनसँग तुलना गर्न मिल्दैन । यो नै प्रमुख कारण हो । त्यस अलावा नीति निमार्णका बिभिन्न तहमा टे«ड युनियन काँग्रेसले खेलेको भुमिकाको कारणल पनि मजदुरको रोजाईमा हामी परेका छौं । त्यसैगरी बिभिन्न प्रतिष्ठान तथा ईकाईहरुमा श्रमिकलाई परेका समस्यामा टे«ड युनियन काँग्रेसले जुन तरिकाले काम गरेका छ । त्यसका लागि पनि हामी नै उत्तम हो भन्ने कुरा आम श्रमिकले बुझिसकेका छन् । त्यसले श्रमिकहरु हामीसँगै आवद्ध हुन जरुरी छ । भइरहनु पनि भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू