अन्र्तराष्ट्रिय मे दिवस चितवनमा पनि भव्य रुपमा मनाईदै

एटुजेड समाचार

 

बैशाख १८, हरेक बर्ष मे १ लाई संसारभर मजदुरहरुले आफ्नो उत्सवका रुपमा मनाउंँदै आएका छन । यही अवसरमा आज नेपालमा पनि १३० औं अन्तराष्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाइदैछ ।सोही अनुरुप नेपाल ट्रेड युनियन काग्रेस चितवन र नवलपुर शाखाद्धारा आज चितवनमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।
श्रमिक जागरण अभियानका रुपमा मनाउन लागिएको यस पटकको श्रमिक दिवसमा सरकारलाई सामाजिक सुरक्षा ऐन २०७४ लागुगर्न दबाब दिने लगायतका बिभिन्न कार्यक्रमहरु गरिने नेपाल ट्रेड युनियन काग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले बताए ।
कार्यक्रमको पूर्व सन्ध्यामा बिहान ११ बजे लायन्सचोक बाट ¥याली निकालेर बजार परिक्रम पछि नारायणी कला मन्दिरमा पुगेर कार्यक्रम गरिने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काग्रेसका केन्द्रीय सदस्य नबिन्द्रराज जोशी चितवन आईसकेका छन् । कार्यक्रममा चितवन तथा नवलपुरका सयौं मजदुर, प्रजातन्त्रप्रेमी तथा नेपाली कांँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती हुनेछ । कार्यक्रम नारायणी कला मन्दिरको हलमा हुदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु