आयाक्सद्वारा टोटेनह्याम आफ्नै मैदानमा पराजित

एटुजेड समाचार

बैशाख १८ – युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले जित हात पारेको छ । च्याम्पियन्स लिग अन्तर्गत टोटेनह्याम बिरुद्दको सेमिफाइनलको पहिलो लेगमा आयाक्स बिजयी भएको छ । आयाक्सले टोटेनह्यामलाई उसकै मैदानमा १-० ले पराजित गर्‍यो ।

प्रतिस्पर्धात्मक खेलमा आयक्सलाई जिताउन भान डे बिकले एक मात्र गोल गरे । खेलको हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।आयाक्सले पहिलो हाफमा घरेलु टोली माथि दबाब बनाएको थियो ।

दोस्रो हाफमा टोटेनह्याम खेलमा फर्किए पनि गोल भने गर्न सकेन र घरेलु मैदान नतिजा पाहुना टोलीलाई सुम्पियो । दोस्रो लेग मे ८ मा आयक्सको मैदानमा हुनेछ । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र लिभरपुल बिचको सेमिफाइनलको पहिलो लेग आज राती हुनेछ । खेल नेपाली समय अनुसार आज राती पौने १ बजे बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु