कोहलीको बेंगलोर आइपिएलबाट बाहिरिने पहिलो टोली

एटुजेड समाचार

बैशाख १८ – बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । गए राती राजस्थान रोयल्स र बेंगलोर बिचको खेल बर्षाले प्रभावित भएको थियो । बर्षाको कारण खेल रद्द भए पछी बेंगलोर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । खेल रद्द भए पछी दुबै टोली १-१ अंक बाडेका छन् । उता राजस्थानलाई पनि प्ले अफमा स्थान बनाउन मुस्किल पर्ने भएको छ ।

लगातारको बर्षाको कारण खेल निर्धारित समय भन्दा ४ घण्टा ढिलो गरी शुरु भएको छ । बर्षाको कारण खेल ५ ओभरमा झारिएको थियो । बेंगलोरले ६३ रनको लक्ष्य लिएर राज्स्थानले जवाफी ब्याटिङ शुरु गरेको थियो । तर ३.२ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको अवस्थामा पुन पानी परे पछी खेल रद्द गरिएको थियो । खेल बर्षाले प्रभावित हुनु अघी राजस्थानका सन्जु स्याम्सन २८ रन बनाएर आउट भएका थिए । यस्तै लियाम लिभिङस्टोन ११ रनमा नट आउट रहेका थिए ।

त्यस अघी टस हारेर पहिलो ब्याटिङ गरेको बेंगलोरले ५ ओभरमा ७ विकेट गुमाउदै ६२ रन बनाएको थियो । उसका लागि कप्तान कोहलीले आक्रमक ब्याटिङ गर्दै २५ रन बनाए । केबल ७ बल खेलेका कोहलीले ३ छक्का र १ चौका प्रहार गरे । यस्तै ए बि डि भिलियर्स १० रन बनाएर आउट भए । राजस्थानका श्रेयस गोपालले ३ तथा ओशन थोमस २, रियान पराग र जयदेव उनादकटले समान १ विकेट लिए ।एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू