परवानीपुर-अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्तिक र संस्थाले कब्जा

एटुजेड समाचार

काठमाडौं ,बैशाख १८- ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर-अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्तिक र संस्थाले कब्जा गरेका छन् । त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो ।

 

 

बहालवाला सांसदहरुबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । परवानीपुुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रम गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन् । खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । खातुनको परिवार अहिले यही घरमा बस्दै आएको छ । यो समाचार सुदीप सिवाकोटीेले नयाँ पत्रिकामा लेखेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु