चितवन, बैशाख १७ – चितवन मेडिकल कलेज शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति प्राप्त गरेको छ । सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिने निर्णय गरेको हो।
यो सँगै चितवन मेडिकल कलेज मिर्गौला प्रत्यारोपणका लागि अनुमति प्राप्त गर्ने पाँचौं अस्पताल बनेको छ भने निजी तर्फ पाँचौं बनेको छ । यस्तै चितवन मेडिकल कलेज चितवनमा मिर्गौला प्रत्यारोपणको अनुमति पाउने दोस्रो संस्था बनेको छ । यस अघी कलेज अफ मेडिकल साइन्सेसले मिर्गौला प्रत्यारोपणको अनुमति पाएको थियो ।



मिर्गौला प्रत्यारोपण गर्नेमा सरकारी तर्फ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र रहेका छन् भने निजी तर्फ यी दुईसहित ग्रान्डी अस्पताल, निदान अस्पताल र समेरु अस्पतालले पनि अनुमित पाएका छन्।