पुर्व क्रिकेटर अनिल अधिकारी पटियालामा दिक्षित, इन्टर्नसिपका लागि नेपाल आउने

एटुजेड समाचार

बैशाख १७ – नेपाली राष्ट्रिय टोलीका पुर्व क्रिकेटर अनिल अधिकारीले भारतको पटियालामा एन आइ एस डिप्लोमा कोर्स पुरा गरेका छन् । रास्ट्रीय खेलकुद परिषदको छात्रवृत्तिमा पटियालामा प्रशिक्षक तालिमका लागि गएका अधिकारीले प्रसिद्ध एन आइ एस डिप्लोमा कोर्स पूरा गरेका हुन् ।

ओलम्पियन सुशील कुमारको प्रमुख आतिथ्यमा भएको ५६ औ दिक्षान्त समारोहमा अनिल अधिकारी लगायत अन्य ५ खेलकुद बिधाका नेपालीहरु पनि दिक्षित भएका छन । डिप्लोमा कोर्स पुरा गरेपछी उनी इन्टर्नसिपका लागि नेपाल आउने भएका छन ।

एनआइएसमा डिप्लोमा सकिए पछी अनिबार्य गर्नुपर्ने दुई महिने इन्टर्नसिपका लागि भारतकै विभिन्न क्रिकेट केन्द्रहरुमा जाने अघिल्लो परम्परा तोड्दै अधिकारी नेपाल आउने लागेका हुन् ।

अधिकारीका अनुसार इन्टर्नसिपको अवधिभर क्रिकेट प्रशिक्षण सँगै क्रिकेट सम्बद्ध अन्य गतिबिधिहरु गर्न पर्नेछ । राखेप सदस्य सचिव केशब कुमार बिष्टको विशेष अनुरोधमा अनिल सहित भलिबलमा अन्य दुई प्रशिक्षक पनि नेपाल आउन लागेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु