खान्न भन्दाभन्दै प्रधानमन्त्रीले बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थाले – विश्वकर्मा

काठमाडौं, बैशाख १७ – नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओली दुर्वशा ऋषि बनेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको आरोप लगाएका हुन् । उनले भने ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजीले पनि सबै खानुभयो ।’
उनले भूमाफियाहरुले सबै सेटिङ मिलाएबापत नेकपाका महासचिव विष्णु पौडेललाई बालुवाटारको जग्गा बकस दिएको दाबी पनि गर्दै भने । ‘मैले सुनेको उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’उनले बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलको नाममा बढी हल्ला गर्न आवश्यक नरहेको टिप्पणी पनि गरे ।
तपाइँको प्रतिक्रिया