बैशाख १७ – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गत टोटेनह्याम र आयाक्स बिचको पहिलो लेग आज राती हुँदैछ । घरेलु मैदानमा हुने पहिलो लेगमा सुखद नतिजा निकाल्दै टोटेनहम फाइनलको बाटो सजिलो बनाउने दाउमा रहेको छ ।
टोटेनह्यामको टिममा आज दुई मुख्य खेलाडीहरु छैनन् । चोटका कारण ह्यारी केन आज टिममा छैनन् भने ह्युङ मिन सन पनि दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन् । आयाक्स यसको फाईदा उठाउने दाउमा रहेको छ ।


यि दुई क्लब ३७ बर्ष पछी पहिलो पटक आमनेसामने हुन लागेका हुन् । यस अघी सन् १९८१–८२ मा भएको विनर्स कपमा यि दुई टोली बिच भेट भएको थियो ।विनर्स कप अन्तर्गत पहिलो राउन्डको खेलमा यि दुई टोली बिच भेट हुँदा नतिजा टोटेनह्यामको पक्षमा गएको थियो ।
तेस्रो पटक भेट्दा आयाक्स आज पहिलो जित निकाल्ने दाउमा रहेको छ । च्याम्पियन्स लिगमा ठुला टिमलाई पाखा लगाउदै सेमिफाइनल सम्म आइपुगेको आयाक्स टोटेनह्याम बिरुद्द पनि त्यही नतिजा दोहोर्याउने दाउमा रहेको छ । उसले क्वाटरफाइनलमा युभेन्टसलाई पराजित गरेको थियो भने टोटेनह्यामले अर्को प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । आयाक्स र टोटेनह्याम, बिचको खेल नेपाली समय अनुसार राती पौने १ बजे हुनेछ ।एजेन्सी