एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरणमा नेपालको लगातार तेस्रो हार

बैशाख १७ – एएफसी यू-१९ च्याम्पियन्सिपको छनोट चरणमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।च्याम्पियन्सिप अन्तर्गत मंगलबार सम्पन्न खेलमा पनि पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
तेस्रो खेलमा नेपाल आयोजक म्यानमारसँग २-१ ले पराजित भयो । यो हार सँगै नेपाल अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । म्यानमारस्थित मन्डलाथिरि रंगशालामा भएको खेलमा अग्रता जोगाउन नसक्दा नेपाल म्यानमार सँग पराजित भएको हो ।
नेपालले खेलको पहिलो हाफमा मनीषा राउतले पेनाल्टी गोलको मद्दतमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा २ गोल खाए पछी नेपाल पराजित भयो । यस अघी पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११-१ र उज्बेकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।


तपाइँको प्रतिक्रिया