इनारमा खसेका वृद्धकाे ५ दिनपछि जीवितै उद्धार

एटुजेड समाचार

सर्लाही, बैशाख १७ – हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सोमबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।

गएको वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ । (रासस)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू