नेयमारको सर्वत्र आलोचना,पिएसजीका प्रशिक्षकले भने – समर्थकको इज्जत गर्नु सक्नु पर्छ
बैशाख १७ – पेरिस सेन्ट-जर्मेंन(पिएसजी) का ब्राजिलियन फर्वार्ड नेयमार को सर्वत्र आलोचना भईरहेको छ ।फेन्च कप फाइनलमा पराजित भए पछी समर्थक माथि हात उठाएका नेयमार आलोचना र बिबादमा तानिएका हुन् । उनले भिडियो खिच्दै गरेका एक समर्थक माथि हात पात गरेका थिए ।
यसै क्रममा उनको आफ्नै क्लबका प्रशिक्षक थोमस तुचेलले समेत नेयमारको आलोचना गरेका छन् । उनले नेयमारले समर्थक माथि गरेको व्यवहार नराम्रो भएको भन्दै आलोचलना गरेका हुन् । आफ्नो स्टार खेलाडीको आलोचना गर्दै उनले भने – खेलाडीले कहिल्यै भने समर्थक सँग झगडा गर्न मिल्दैन ।’ यस्तौ उनले नेयमारलाई समर्थकको सम्मान गर्न भनेका छन् । ‘पराजित हुँदा सबै आक्रोश र निराशा हुन्छन् तर पराजयलाई पनि सहर्ष स्विकार गर्दै समर्थकलाई इज्जत गर्न सक्नु पर्छ छ’ – उनले भने ।
फेन्च कप फाइनलमा पिएसजी रेन्नेसविरुद्ध ६-५ गोल अन्तरले पराजित भएको थियो । शुरुमा बनाएको २-० को गुमाउँदै २-२ को बराबरी पछि पेनाल्टीमा पिएसजी रेन्नेससँग ६-५ ले पराजित भएको थियो।उक्त हारपछि पिएसजी लगातार ४ वर्षपछि पछि फ्रेन्च कप उपाधी जित्न बन्चित भयो।एजेन्सी
तपाइँको प्रतिक्रिया