बैशाख १७ – इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले विश्वकप क्रिकेट खेल्न नपाउने भएका छन् । आगमी मे ३० देखी १४ जुलाई सम्म घरेलु मैदानमा हुने विश्वकप हेल्सले खेल्न नपाउने भएका हुन् ।
अनाधिकृत औषधि सेवन गरेको खुलसा भएपछि इंग्ल्यान्डको क्रिकेट बोर्डले उनलाई १५ सदस्य टोलीबाट हटाएको छ । उनले आगामी विश्वकप मात्र खेल्न नपाउने भएका हुन् । विश्वकपपछि भने उनले इंग्ल्यान्डको टोलीबाट पुन खेल्न पाउने बताईएको छ । एजेन्सी