भरतपुर मालपोत कार्यालय :हटे विचौलिया, हटेन सास्ती

सूर्यप्रसाद अधिकारी,बैशाख १७,चितवन ः सेवाग्राहीको सेवा र सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले सास्ती पाउने गरेको गुनासो गरेका छन् ।
सबै प्रक्रिया पुगेर कार्यालयमा कागजात पेश गर्दा पनि काम सम्पन्न गर्न हप्तौं लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि कार्यालयले विचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएको थियो । तर हालसम्म पनि सेवाग्राहीले पाउने सुविधामा कुनै सुधार आएको छैन । जसका कारण सेवाग्राही घन्टौं कुर्न र दिनहंँु धाउन बाध्य भएका छन् ।
कर्मचारी अभावको कारण देखाउँदै कार्यालयले एकै दिनमा हुने काम हप्तौं लगाउने गरेको सेवाग्राहीको गुनासो छ । नारायणगढ, बेलचोकका सेवाग्राही राजन रेग्मी आफ्नो साढे ३ धुरमा बनेको घर बिक्री गर्न आउंँदा लगत कट्टा गर्न समय लाग्ने भन्दै कर्मचारीले पटक पटक दुःख दिने गरेको बताउनु हुन्छ ।
‘झण्डै एक हप्ता भयो, मुद्दा फांँटमा आएर फाइल अड्केको’ उहांँले भन्नुभयो, ‘आज पनि के भनेर फर्काउने हो थाहा छैन ।’ कार्यालयका सबै फांँटको हविगत उस्तै छ । मोठ भिडाउने, रजिष्टे«सन फाँट, तामेली फांँट लगायत सबै ठाउंँमा सेवाग्राहीले सहजरुपमा सेवा पाउने गरेका छैनन् ।
भरतपुर पटिहानीका श्रीकृष्ण आचार्य छोराहरुलाई अंशबण्डा गर्न आए पनि एकै दिनमा हुने काम, विभिन्न झण्झट देखाएर अर्को दिन आउनु भनेर फर्काउने गरेको बतानु हुन्छ । ‘कहिले वडामा जानुस्, कहिले नापीमा जानुस् भनेर दुःख दिन्छन्’ उहांँले भन्नुभयो । कहिले नक्सा, कहिले सिफारिश, कहिले कित्ताकाटको बहानामा दिनहुँ फर्किनु परेको उहांँको गुनासो छ । सबै कागजपत्र तयार हुंँदा पनि ५ दिनसम्म धाउंँदैमा समय गएको उहांँले बताउनु भयो ।
कहिले लगत कट्टा, कहिले सिफारिश, कहिले मुचुल्का गर्न बांँकी भन्दै कर्मचारीले दुःख दिएको भरतपुर ११ बसेनीका श्याम भण्डारीको गुनासो छ । ‘मेरो जग्गा सट्टपट्टा गर्नुपर्ने काम आज १६ दिन भइसक्यो, काम सकिएको छैन’ उहांँले भन्नुभयो । जग्गा पास, धितो, तथा आवश्यक जानकारी समेत लिन ठाउंँ नभएकोेले आफू अन्यौलमा परेको उहांँ बताउनु हुन्छ ।
‘मेरो जागिर भारतमा छ, जागिर फर्कनु पर्ने अहिलेसम्म जान पाएको छैन । कर्मचारीले कहिले वडा जा भन्छन्, कहिले अर्को फांँटमा जा भन्छन्, हामीले धेरै दःुख पायौं’ उहांँले भन्नुभयो । कार्यालयमा विचौलियाको बाहिर नै मिलेमतोमा घुस खाएर काम भइरहेको कतिपय सेवाग्राहीको आरोप छ ।
तर कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेल कार्यालयमा विचौलियामाथि रोक लगाएपछि सर्वसाधारणको काम सहज भएको दाबी गर्नुहुन्छ ।
‘हाम्रो मुख्य समस्या भनेको कर्मचारी समस्या हो, अहिले पनि १४ जना कर्मचारी सरुवा हुनु भएको छ, कोही रिटायर्ड छन्’ उहांँले भन्नुभयो, ‘अहिले देशभर कर्मचारी समायोजन नभएका कारण तोकिएको समयमा काम हुन नसकेको हो ।’ तर त्यहांँका कर्मचारी भने कामको चाप र कर्मचारी अभावका कारण आफूहरु विदाको दिनमा समेत आएर काम गरेको बताउंँछन् ।
‘शनिबार पनि आएर काम गरेको कसैले देख्दैनन्, के गर्नु ? ३ जना हुनु पर्ने फांँटमा १ जनाले काम भ्याउनु परेको छ’ एक कर्मचारीले भने । कार्यालय प्रमुख पौडेलका अनुसार कार्यालयमा जग्गा पास, अंशबण्डाका काम भन्दा पनि जग्गा धितो राख्ने काम बढी आउने गरेको छ । ‘जग्गा पासको काम निकै कम छ, अहिले ७० प्रतिशत धितोको छ, अरु जग्गा पासको छ‘ उहाँले भन्नुभयो ।
कर्मचारी अभाव हट्ने बित्तिकै यो समस्या बिस्तारै हट्ने उहाँले बताउनु भयो । २ बर्ष अघिसम्म जिल्लाको सबै क्षेत्रको जग्गाको रजिस्ट्रेशन, पासको काम गर्दै आएको यो कार्यालयले हाल भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकाका क्षेत्रहरु हेर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया