क्यान चितवनको आयोजनामा सूचना प्रविधिसम्बन्धी सेमिनार सम्पन्न

एटुजेड समाचार

बैशाख १६,चितवन। राष्ट्रिय सुचना तथा प्रविधी दिवसको अवसर पारी माडीको बसन्तपुरस्थित माडी क्याम्पसमा सुचना प्रविधीको प्रयोग तथा शिक्षण प्रविधी बिषयक सेमीनार कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान चितवन र माडी नगरपालिकाको संयुक्त आयोजना एवं माडी क्याम्पसको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा माडी नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापक, कम्प्युटर फोकल शिक्षक, विद्युत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरुको सहभागिता रहेको थियो । क्यान चितवनका अध्यक्ष भानुभक्त शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविशंकर शाहको प्रमुख आतिथ्यता रहेको थियो । क्यान चितवनका सचिव सन्तोष भुसालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा माडी क्याम्पसका सहायक क्याम्पस प्रमुख तोयानाथ तिवारी, क्यान प्रदेश नं। ३ का सदस्य लक्ष्मीनारायण तिमिल्सिना, माडीका वडाध्यक्षहरु ईश्वरी प्रसाद ढकाल, पुरन महतो, रामबन्धु पोख्रेल र भरत गुरुङ तथा नगरपालिकाका सुचना प्रविधी अधिकृत प्रविन भण्डारी लगायतको आतिथ्यता रहेको थियो । यसैबीच क्यान चितवनले माडी नगरपालिका र विद्यालयहरुसँग समन्वय गरेर आधारभूत कम्प्युटर सफ्टवेयर तालिम र आधारभूत हार्डवेयर सम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु