चितवन र नवलपुरले संयुक्त रुपमा मजदुर दिवस मनाउने

एटुजेड समाचार

बैशाख १६, चितवन ।यही बैशाख १८ गते परेको मजदुर दिवस चितवन र नवलपुर जिल्लाले संयुक्त रुपमा मनाउने भएका छन् ।
नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा आज भएको छलफलका क्रममा दुई जिल्लाले संयुक्त रुपमा कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिइएको हो । कार्यक्रममा ट्रेड युनियन काँग्रेस संँग आबद्ध बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको नारायणी कलामन्दिरमा भव्य रुपमा मनाउने र सो कार्यक्रमलाई काँग्रेस नेता नविन्द्रराज जोशी लगायत अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बुधबार बिहान ११ वजे नारायणगढको लायन्सचोकमा जम्मा भएर र्यालि सहित कलामन्दिर पुगेर दिवसको कार्यक्रममा सहभागी हुने छन । यस कार्यक्रमलाई सफल बनाउनका लागि ट्रेड युनियन सँंग आबद्ध सबै संघ संस्थाहरुलाई सहभागिताको लागि अपिल समेत गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशी, राजिव न्यौपाने, ट्रेड युनियन काँग्रेसकी केन्द्रिय उपाध्यक्ष ईन्दिरा सापकोटा, केन्द्रिय सदस्य लक्ष्मण भट्टराई, प्रदेश संयोजक घनश्याम चापागाई, नेपाली काँग्रेसका जिल्लासदस्य एबं ट्रेड युनियन बिभाग प्रमुख गणेश पौडेल लगाएतको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरीहर सापकोटाले मजदुर दिवसको कार्यक्रमको तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू