संस्कृति आदानप्रदानका लागि केरलाका विद्यार्थी चितवनमा

बैशाख १६, नारायणगढ ः भरतपुर महानगरपालिका वडा नम्बर ३ वेलचोकमा रहेको लिटिल फलावर स्कुलले सोमबार देखि एक साता सम्म रोज कार्यक्रम सिजन टु संञ्चालन गरेको छ । यस कार्यक्रममा सहभागी हुन भारतको केरलामा रहेको लिटिल फलावर स्कुलका ११ जना बिद्यार्थी सहित १६ जना चितवन आएका छन् ।
बिशेषत बिद्यालयका बिद्यार्थीहरु बीच संस्कृति आदान प्रदान कार्यक्रम अन्तर्गत बिद्यार्थी र शिक्षकहरु चितवन आएका हुन । अघिल्लो शैक्षिक सत्रबाट सुरु भएको यस कार्यक्रममा अहिले दोस्रो वर्षमा चल्दै गरेको बिद्यालयका प्रिन्सीपल रोबि केयुले जानकारी दिनु भयो । उहाँका अनुसार केरला बाट आएका बिद्यार्थीहरु अवको एक हप्ता आफ्नो साथीहरुसंँग बस्ने, यहाँको रहन सहन सिक्ने, यहाँका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने लगाएतका कार्यमा सहभागिता जनाउने छन् ।
केरलाबाट स्कुलका प्रिन्सिपल रोविन थोमस सहित आएको टोलि यहाँबाट फर्किए पछि यहाँबाट छनोटमा परेका र अहिले आफ्ना साथीहरुलाई आफ्नो संस्कृतिको बारेमा जानकारी गराएका बिद्यार्थीहरु केरला जाने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रिया