महानायक हमाल देखी प्रियंका र आयुष्मान बिबादमा तानिए

बैशाख १६ – महानायक राजेश हमाल सँगै अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशी बिबादमा तानिएका छन् । ए पि वान टेलिभिजनबाट हरेक हप्ताको ३ दिन प्रसारण हुने कार्यक्रम ‘को बन्छ करोडपती’ मा राष्ट्रिय गानको अपमान गरेको भन्दै उनिहरु बिबादमा तानिएका हुन् ।
कार्यक्रममा राजेश हमालले प्रियंका र आयुष्मानलाई राष्ट्रिय गानमा कति पटक नेपाल शब्द आउँछ ? भनेर प्रश्न सोधिएको थियो । यसै क्रममा राष्ट्रिय गीत बज्दा राजेश हमाल प्रियंका र आयुष्मान सिट बाट नउठेको भन्दै उनिहरु बिबादमा तानिएका हुन् यि तिनै जनाको सामाजिक सन्जालमा चर्को आलोचना भईरहेको छ । राष्ट्रिय गानको सम्मानमा गीत बज्दा सबै जना उठ्नु पर्ने भनिएपनि तीनै जना नउठे पछी आलोचना बढेको हो ।
राष्ट्रिय गानबाट प्रश्न सोधिनु राम्रो भए पनि राष्ट्रिय गान नै बज्दा उठ्नु पर्छ भन्ने सामान्य ज्ञान समेत यती चर्चित सेलिब्रेटीहरुमा नहुनु लजास्पद भएको भन्दै सामाजिक सन्जाल भरी आलोचना शुरु भएको हो ।
तपाइँको प्रतिक्रिया