बैशाख १६, चितवन । भष्ट्रचार न्यूनिकरण गर्न र यसको विरुद्ध खबरदारी गर्न अख्तियार दुरुपयोग आयोग हेटौडाको समन्वयमा चितवनमा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था गठन भएको छ । आज संस्थाले भरतपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी यस संस्थाको परिचय, काम कर्तव्य अधिकारको बारेमा जानकारी दिएको हो । संस्थाले पूर्व सांसद भीम बहादुर श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भीम बहादुर श्रेष्ठले सदियौ देखि देशमा भष्ट्राचार राष्ट्रिय समस्या हुदै आएकोले यसको न्यूनिकरण र जनचेतना जगाउने उद्धेश्यले संस्थाको गठन गरिएको बताउनु भयो । उहांँका अनुसार अख्तियार आयोग अनुसन्धानले दिएको निर्देशन अनुसार संस्थाले आयोगलाई यससम्बन्धी बिषयमा जानकारी दिने छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले भ्रष्टाचारमुक्त समाजको निर्माणको लागि यस अभियान आफैबाट शुरु गर्नुपर्ने बताउनु भयो। भ्रष्टाचार नियन्त्रणका लागि राज्यको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै उहांँले यसमा नागरिक समाज, अभियान्ता संचारकर्मीको समेत उत्तिकै दायित्व रहने बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्रसिंह बस्नेतले भ्रष्टाचारको कारण सुशासन समेत कमजोर भएको भन्दै नीतिगत भ्रष्टाचार बढी चुनौति रहेको बताउनु भयो । संस्थाले भष्ट्राचार नियन्त्रणका लागि प्रर्वद्धनात्मक , निरोधात्मक दण्ड सजाय दिनको लागि आयोगलाई सहयोग पुरयाउने बिषयमा प्रतिवद्ध रहने आशा व्यक्त गर्नुभयो । प्रत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले भ्रष्टचार नैतिकता सम्बनधी रोग भएकोले यो आफ्नै आचरण्णबाट सुधार्नुपर्ने बताउनु भयो । प्रदेश नम्बर ३ मा स्थापना भएको यो संस्था चितवनमा दोस्रो संस्था हो यस अघि यो संस्था मकवापुरबाट गठन गरी शुरु गरिएको थियो ।
