वैशाख १६, चितवन –
अण्डा आकारको बललाई हातले खेलीने रग्वी खेलको चितवनमा पहिलोपल्ट प्रशिक्षण दिईएको छ । मुलुकका सवै जिल्लामा खेल पुर्याउने नेपाल रग्वी संघको योजना अनुसार चितवनमा पनि प्रशिक्षण दिईएको हो । राष्टिय प्रशिक्षक विनोद तामांगले वैशाख १३, १४ र १५ गत्ते ३ दिन चितवनका नयाँ खेलाडीलाई प्रशिक्षण दिएका छन ।



प्रशिक्षक तामांगले विदेशमा रग्वी प्रतिको आकर्षण राम्रो रहेकाले नेपालमा पनि यसको सम्भावना निक्कै राम्रो भएको बताएका छन । सामान्य फुटबल खेल्ने खेल मैदानमा बालक, युवा सवै उमेर समुहका महिला पुरुष दुवैले खेल्न सकिने खेल स्वास्थ्यको दृष्टिले पनि निक्कै फाईदाजनक रहेको तामांगको भनाई छ ।
विभिन्न अन्तराष्टिय रग्वी प्रतियोगितामा नेपालका तर्फबाट सहभागि भईसकेका प्रशिक्षक तामांग अहिले विभिन्न जिल्लामा नव खेलाडीहरुलाई प्रशिक्षणमा जुटेका छन । अहिलेसम्म नेपालका विभिन्न १५ वटा जिल्लामा रग्वी संघ विस्तार भईसकेको तामांगले बताए । चितवनमा पनि खेलाडी र आवश्यक तयारी पछि रग्वी स्थापित गराउने संघको योजना रहेको छ ।
नेपाली खेलाडीले एसियन ट्रफि टुर्नामेन्टमा हरेक वर्ष सहभागिता जनाईरहेको छ । चेन्नई, बु्रनाई, लाओस, कतार लगायतका मुलुकमा भएको अन्तराष्टिय प्रतियोगितामा सहभागि भएका उनि भन्छन नेपाली पुरुष खेलाडीको तुलनामा महिला प्रतियोगीको सम्भावना अझ राम्रो रहेको छ । बु्रनाईमा केहि समय अघि भएको प्रतियोगितामा सहभागि १३ टिममा नेपालको टिम आठौँ स्थानमा परेको उनको भनाई छ । आगामि नोभेम्बर डिसेम्बरमा जापानमा रग्वीको विश्वकप हुँदैछ ।
रग्वी विभिन्न नियम अनुसार खेलीन्छ । टच ६, ६ जनाले खेलीन्छ भने सेभेन्थ ७, ७ जनाले, टेन्स १०, १० जनाले र फिप्टीन्स १५, १५ जनाले खेलीन्छ । स्कोर लाईनमा खेलाडीले हातबाट नफुुत्काई बल राखेपछि स्कोर गणना हुन्छ । टच १४ मिनेटमा खेलीन्छ भने अन्य खेल विभिन्न अवस्थाअनुसार खेलीने प्रशिक्षक तथा खेलाडी तामांगले बताए ।