नेपाल लगातार दोस्रो पटक एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधी

बैशाख १५ – नेपाल एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको बिजेता बनेको छ । आइतबार सम्पन्न खेलमा मलेसियालाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल दोस्रो पटक एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको बिजेता बनेको हो ।
नेपालले दिएको १४१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको मलेसिया ३४ ओभर ५ बलमा ८१ रनमा समेटियो ।उसका तीन खेलाडीलेमात्र दोहोरो अंकको रन बनाए । वान मोहम्मद अजामले १६ रन बनाए। त्यस्तै, जिनेन्द्र मुरलीले १४ रन बनाए नेपालका विशालकुमार पटेलले चार विकेट हात पारे ।
त्यस अघी टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनाएको थियो ।नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए ।


तपाइँको प्रतिक्रिया