लगातारको फराकिलो हार पछी नेपाल छनोट चरणबाटै बाहिरिने पक्का

एटुजेड समाचार

बैशाख १५ – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपाल समूह चरणमा नै बाहिरिने पक्का भएको छ ।दोस्रो चरण अन्तर्गत उज्वेकिस्तान विरूद्दको खेलमा पराजित भए सँगै नेपाल समुह चरणबाट नै बाहिरिने पक्का भएको हो । आइतबार सम्पन्न खेलमा नेपाल उज्वेकिस्तान सँग ४-० ले पराजित भयो ।

उज्वेकिस्तानको जितमा कुर्बाेनोभाले दुई गोल गरिन् । यस्तै रासिडोभा, खोजीभाले समान १ गोल गरेपछी उज्वेकिस्तान ४-० ले बिजयी भयो । यस अघी पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु