माडी गोल्डकपको उपाधी बरुवालाई, ठोरी उपबिजेतामा सिमित

माडी, बैशाख १५ – माडी गोल्डकप फुटबल प्रतियाोगिताको उपाधी स्टार स्पोर्टस् क्लब बरुवाले जितेको छ । प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा ठोरी स्पोर्टस क्लबलाई पराजित गर्दै बरुवाले उपाधी जितेको हो । बरुवाले ठोरीको चुनौती ३-१ ले पाखा लगायो ।
बिजेता बनेको बरुवाले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ठोरीले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा बैशाख १ गतेबाट शुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागीता रहेको छ ।
तपाइँको प्रतिक्रिया