चितवनका फिल्म हल : धेरै जसो बन्द, केही स्त्तोरन्नती गरिदैं

चितवन, बैशाख १५ – चलचित्रकर्मीहरुले चितवनलाई राजधानी काठमाण्डौं पछिको दोस्रो ब्यापारीक बजारका रुपमा लिने गरेका छन् । राजधानी काठमाण्डौंमा ५० प्रतिशत र मोफसलमा ५० प्रतिशत ब्यापार हुँदा ५० को १० प्रतिशत कारोवार चितवनमा मात्रैं हुने गरेको जानकारहरु बताउँछन् ।
चितवनमा चलचित्रको १५ लाखको ब्यापार हुँदा नेपाल भरी डेढ करोडको ब्यापार हुन्छ । चलचित्रकर्मीहरुले पनि चितवनलाई चलचित्र छायाङकनदेखी प्रमोसनसम्ममा विषेश प्राथमिकता दिने गरेको पाइन्छ । महिनामा झण्डैं ३÷४ वटा चलचित्रको प्रमोसन कार्यक्रम यहाँ गरिन्छ । तर, यहाँका चलचित्र हलहरु भने त्यति चल्न सकेको देखिदैन । जलमा क्यूएफएक्समा दर्शकहरुको औसत उपस्थिती देख्न पाइन्छ । अन्य हलहरुमा दर्शकको उपस्थिती त्यति छैन ।
२०७२ पछि हलमा देखिएको आर्कषण फेरी कम हुँदै जान थालेको हल सञ्चालकहरुको भनाई छ । गुणस्तरहिन चलचित्रहरुको बाढि फेरी आउन थाल्दा त्यसको मार हलमा समेत पदैं आएको छ । कुनै–कुनै नेपाली चलचित्र चलेको दिनमा नै हलबाट उत्रिने गरेका छन् । चितवनको माडीमा रहेको विक्रमवावा चित्र मन्दीर बन्द भएको झण्डैं एक बर्षपछि २०७६ बैशाख १ गते सञ्चालनमा आयो ।


ए मेरो हजुर ३ को पहिलो प्रिमियर शो मा नै जम्मा २३ जना मात्रैं दर्शक उपस्थित भए । पश्चिम चितवनमा अहिले कुनै पनि हल सञ्चालनमा छैनन् । पूर्वी चितवनमा एक हल बाहेक सवै हल बन्द छन् । द्धन्द्धकालमा आलोपालो प्रणालीमा चितवनका हल चलेका थिए । दुई महिना एउटा, अर्को थप दुई महिना अर्को हल गरी आलोपालो चलेका हलहरुले पछिल्ला बर्षहरुमा केही राम्रो ब्यापार पनि गरे । तर, अहिले फेरी पुरानैं अवस्थामा फर्किने डर हल सञ्चालकलाई पलाएको छ ।
बन्द भए यी हल
काठमाण्डौं पछिको चलचित्रको दोस्रो बजार चितवन बताउँदैं आए पनि चितवनका पूराना चलचित्र भवनहरू धमाधम बन्द भएका छन् । वितेको डेढ दशकलाई नियाल्ने हो भने, यहाँका झण्डैं आधा दर्जनभन्दा बढि चलचित्र भवनहरू बन्द भए। तत्कालिन शशस्त्र द्धन्द्धका बेलामा धेरै हलहरु त्यसको मारमा परे ।
नवलपरासीको गैंडाकोटमा रहेको धवलागिरी हल, पश्चिम चितवनको चनौलीमा रहेको भावना, शारदानगरको श्रीकृष्ण चलचित्र मन्दीर, माडीमा रहेको विक्रमवावा र टाँडीमा ज्योती रहेको हल बन्द भए । पछिल्लो समयमा दर्शकहरु उपस्थित नभएपछि चितवनकै सबैभन्दा पूरानो गणेश चलचित्र हल बन्द विगत दुई महिना अघिबाट बन्द भयो । चनौलीको भावना हल बन्द गरेर प्लटिङ गरिएको छ ।
धवलागिरी हलमा पार्टी प्यालेस चलेको छ । नारायणगढको जून हल बन्द हुँदा, नारायणगढकै केएल मलमा डेढ बर्ष अघि खुलेको ‘सी म्याक्स’ सिनेमा घर बन्द भयो । चितवन इन्टरटेनमेन्ट प्रा.लि.ले नारायणगढको लायन्सचोकस्थित केएल मलको छैठौं तलामा सी म्याक्स सिनेमा घर चलाएको थियो । हलमा दर्शकहरू नआएको र अपरेटिङ गर्न नै नसकिएको कारण हल बन्द गरिएको सिनेमा हलका सञ्चालक गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
पूर्वी चितवनको टाँडीमा रहेको ज्योति हल बन्द भएको झण्डैं एक दशक पुग्न लाग्यो । दर्शकको अभावमा हल बन्द गरिएको सञ्चालक बरुणवावु घिमिरेले बताए । टाँडीमा नै रहेको नारायणी हल धिक्रीधिक्री भएर चलेको छ । हल मालिक उदय श्रेष्ठले हल भाडामा चलाएका छन् । नारायणी हल कर्मचारीहरुले नै हल चलाउँदैं आएका छन् । बन्द हुने लाइनमा यो हल पनि छ । यी दुवै हलको सिट क्षमता पाँच÷पाँच सय छ ।
इन्द्रदेवको स्त्तोरन्नती, जलमा बन्यो मल्टिप्लेक्स
२०५४ बैशाख २३ गते बाट सञ्चालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरको स्त्तोरन्नती गरिएको छ । नयाँ प्रविधिसहित स्त्तोरन्नती गरिएको हलमा मल्टिप्लेक्सको विषेशता भएको दावी हल सञ्चालकको छ । करीव २ बर्ष अघि स्तारोन्नती गरेको इन्द्रदेवले सिट क्षमता समेत ७९५ बाट ८३२ पु¥याएको छ । करीव ५ करोडको लगानीमा गरिएको स्त्तोरन्नती गरिएको हलमा पूर्ण एयर कन्डिसन, आधुनिक डिजिटल टू के ट्वान्टी बारको प्रोजेक्टर बाट फिल्म प्रदर्शन, थ्री डि फिल्म हेर्न मिल्ने ,थ्री वे साउन्ड लगायतको विशेष सुविधा जोडिएको छ । हलको माथिको तलामा ३१७ सिट र तल ५१५ सिट क्षमता छ ।
चितवनको पहिलो ‘मल्टिप्लेक्स’ हलको रूपमा जलमा ‘क्यूएफएक्स’ रहेको छ । ‘डिसिएन’ र पूरानो जलमा हलको संयुक्त लगानीमा बनेको मल्टिप्लेक्स जलमाबाट डिसिएन हटेको छ । हलको एकल स्वामित्व अहिले बीरेन्द्रनारायण श्रेष्ठको नाममा छ । हल एक मा २६८ जना र हल दुईमा २६५ जनाको क्षमता छ । हल निर्माण गर्नका लागि ८ करोड माथिको रकम लागेको हल सञ्चालक बीरेन्द्रनारायण श्रेष्ठले जानकारी दिए ।
हलको साउण्ड सिस्टम र प्रोजेक्सनका लागि मात्र करिब डेढ करोड रकम खर्च भएको दावी हल सञ्चालकको छ । जलमामा दैनिक तीन सो चल्दैं आएको छ । शुक्रवार, शनिवार र सोमवार टिकट तीन सय लिने गरिन्छ भने, त्यस बाहेकको दिनमा २५० लिने गरिएको हल म्यानेजर विकास पौडेलले जानकारी दिए । शनिवार र शुक्रवारको विहानको सोमा ५० प्रतिशत छुट दिने गरिएको छ । हलको व्यवस्थापन क्यूएफएक्सले गरिरहेको छ । गत बर्ष मात्रैं २ लाख ५० हजारले चलचित्र हेरेको म्यानेजर विकास पौडेलले बताए । राम्रो सुविधासहितको हल भएमा दर्शकहरु हलसम्म पुग्ने रहेछन् भन्ने अनुभव भएको आफुलाई भएको म्यानेजर पौड्ेलले बताए ।
हरेक बर्ष जलमा क्यूएफएक्समा दर्शकको चाप बढ्दै गएको छ । ‘अहिलेसम्म हल घाटामा छैन, नाफामा नै चलिरहेको छ’ म्यानेजर पौडेलले भने, ‘परिवार बसेर आरामदायी र स्तरीय हलमा चलचित्र हेर्ने कल्चरको पुनः विकास भएको पाएको छु, तर स्तरीय चलचित्र बन्नुप¥यो ।’ चलचित्रहरू राम्रो नआएको कारण यसबर्ष गत बर्षभन्दा उत्साहजनक रूपमा दर्शक नबढेको म्यानेजर पौडेलको भनाई छ । हलमा क्यूएफएक्सका ३५ जना कर्मचारी छन् । क्यूएफएक्सले राजधानीमा ५ र राजधानी बाहिर ४ वटा हलको व्यवस्थापन हेर्दै आएको छ ।
मलमा मल्टिप्लेक्सको आर्कषण
सशस्त्र द्वन्द्वअघि नेपालमा ४ सय ५० वटा सिनेमा घर थिए । यो बीचमा देशभर जम्मा १ सय ५० पुगे । अधिकांश बन्द भए । अहिले फेरी विस्तारै हलको संख्या बढ्दै गएको छ । व्यवसायीहरूका अनुसार अहिले पाँच सय सीट क्षमता भएको सिनेमा घर सञ्चालन गर्न कम्तीमा पनि १० करोड रूपैयाँ लगानी गर्नुपर्ने हुन्छ । करीब ६० बर्ष लामो चलचित्र हलको इतिहासमा नेपाली सिनेमा हलहरूले प्रविधिमा लामो फड्को मारेका छन् ।
नेपालको पहिलो सिनेमा हल जनसेवाको सञ्चालनदेखि खुल्दैं गरेका हलहरूले प्रविधिमा फड्को मार्न थालेका छन् । एकै ठाउँमा धेरै हल भएका मल्टिप्लेक्स समेत सञ्चालनमा आउने क्रम बढेको छ । यस्तो सिनेमा घरमा चलचित्र हेर्नुका साथै फूडकोर्ट तथा अन्य सुविधा उपलब्ध हुन्छन् । बिग सिनेमा घर नेपालकै पहिलो मल्टिप्लेक्स सिनेमा घरमा पर्छ । विषेश गरी सपिङ मलहरूमा हलको दरिलो उपस्थिती देख्न थालिएको छ । यसले आर्थिक रूपमा मध्यम र उच्च वर्गका दर्शकलाई तानेको पाइन्छ । ग्राहकहरु मलमा किनमेलका लागि आउँदा रोजीरोजी सिनेमा हेर्न पाउने भएकोले मलमा हल चल्न थालेको गणेश हलका सञ्चालक दिनेश चुकेले बताए ।
लायन्सचोकमा केएल मलमा ‘सी म्याक्स’ सिनेमा घर चलाउन नसकेको समूहले चौधरी ग्रुपले निर्माण गरिरहेको ‘सिजी ल्याण्डमार्क’मा मल्टिप्लेक्स हल चलाउने तयारी गरिरहेको छ । गणेश श्रेष्ठसहितको टोलीले मलमा हल चलाउने तयारी गरेको हो । सिने प्लेक्सका नाममा हल निर्माणको काम भैरहेको छ । मलको चौंथो र पाँचौं तलामा हल रहनेछन् । साविक जून हल सञ्चालन हुँदैं आएको स्थानमा अहिले सपिङ मल बनिरहेको छ । सो मलको माथिल्लो तलामा पनि मल्टिप्लेक्स हल चलाउने चर्चा यहाँ चलिरहेको छ ।
विगत दुई महिनादेखि बन्द भएको चितवनकै पूरानो गणेश हल भएको स्थानमा ब्यापारीक मल बनाउने र त्यसको माथिल्लो तलामा मल्टिप्लेक्स हल बनाउने सोच रहेको सञ्चालक दिनेशुकमार चुकेले बताए । मलको डिजाइन नक्सा तयार भैसकेको र लगानीको स्रोत खोजिरहेको सञ्चालक चुकेको भनाई छ । ‘मल भएपनि हल चल्छ की भन्ने विश्वास छ’ चुकले भने, ‘पाँच कठ्ठा जग्गामा मलसहित मल्टिप्लेक्स हल बन्छ।’
९ बर्षअघि बन्द भएको टाँडीको ज्योती हललाई नयाँ बनाउन भन्दैं भत्काइएको छ। २०४० सालमा स्थापना भएको हलमा दर्शक आउन कमी भएपछि बन्द गरेर मल्टिप्लेक्स बनाउन लागिएको सञ्चालक बरुणबाबु घिमिरेले बताए । करीव १० करोडको लगानीमा सुविधा सम्पन्न हल तयार गर्ने सोच बनाएको सञ्चालक घिमिरेको भनाई छ । तीन जनाको संयुक्त लगानीमा बन्ने हलमा हल एकमा दुईसय र हल दुईमा दुई सय जना अटाउन सक्ने क्षमता रहने छ । ६ महिना भित्रै निर्माणको काम अघि बढ्ने निर्माण पक्षको भनाई छ ।
पूर्वी चितवनका ४० प्रतिशत दर्शक फिल्म हेर्न नारायणगढ जाने भएकोले त्यसलाई रोक्नका लागि पनि अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स हल आवश्यक भएको ज्योती हलका सञ्चालक घिमिरेले बताए । करीव पाँच करोड खर्चिएर स्त्तरोन्नती गरिएको नारायणगढकै इन्द्रदेव चलचित्र मन्दिरलाई पनि मल्टिप्लेक्स बनाउने तयारी गरिएको छ । मल्टिप्लेक्स नभई हल चलाउन नसकिने देखिएकोले मल्टिप्लेक्स बनाउने तयारी थालिएको हलका म्यानेजर हरी रेग्मीले जानकारी दिए । ‘हलमा एउटा चलचित्र लागिरहेको हुन्छ दर्शक अर्को हेर्न भनेर आउँछन्’ म्यानेजर रेग्मीले भने ‘दर्शकहरु नफर्किउन भन्नका लागि पनि मल्टिप्लेक्स चाहिने देखियो।’
चितवनमा भएका चलचित्र हलहरु मध्ये सबैभन्दा राम्रो र पछिल्लो प्रविधी इन्द्रदेवले भित्राएको छ । इन्द्रदेव हलको क्षमता अहिले ८३२ छ । पूर्वी चितवनको पर्सामा म्याङ्गो जनज्योती हल निर्माणको काम भैरहेको छ । शिवप्रसाद उप्रेतीसहितको समुहले करीव ५ करोडको लगानीमा निर्माण गरिएको हल जेठबाट सञ्चालन गर्ने तयारी छ । मल्टिप्लेक्स नभएपनि मल्टिप्लेक्समा हुने सुविधा उपलब्ध हुने हल सञ्चालकको भनाई छ । हलको क्षमता ३०४ जनाको हुनेछ ।
तपाइँको प्रतिक्रिया