काठ तस्कर गर्दा गर्दै चितवनबाट २ जना पक्राउ

चितवन, बैशाख १५ – डिभिजन वन कार्यालय चितवनले अबैध रुपमा काठ चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका ७ को सामुदायिक वनबाट अबैध रुपमा काठ चोरी गरी लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी कृष्ण प्रसाद पौडेलले ए टु जेड समाचारलाई जानकारी दिए ।
पक्राउ पर्नेहरुमा कालिका ३ बस्ने बर्ष २७ का धन बहादुर थोकर र सोही स्थानका बर्ष २३ का इमान तामाङ जिम्बा रहेका छन् । मोटरसाइकलमा अबैध काठ हालेर घर तर्फ लैजादै गर्दा पदमपुरको २०० बिगाबाट उनिहरुलाई पक्राउ गरिएको पौडेलले बताए । मोटरसाइकलको पछाडि बसेका २ जना भने फरार भएका छन् । उनिहरुलाई ८ क्युफिट काठ तथा चोरीका लागि प्रयोग गरिएको ना ११ प ३३७१ र ना ६ प ४४९६ नम्बरको मोटारकाइकल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई वन एेन २०४९ र नियमावली २०५१ बमोजिम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अघी बढाईने सुचना अधिकारी पौडेलले बताए । अनुसन्धानको क्रममा प्राप्त प्रमाण सहित उनिहरु बिरुद्द २५ दिन भित्रमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।


यस अघी गत बैशाख गते अबैध रुपमा काठ तस्कर गरिरहेको अवस्थामा ईच्छाकामना गाँउपालिका ७ पिपलटारका कमल चेपाङ पनि पक्राउ परेका थिए । साइकलमा ६९९ क्युफिट काठ तस्कर गरिरहेको अवस्थामा उनी भरतपुर १० गणेशथानबाट पक्राउ परेका हुन् । सोही दिन बा १३ च ६२२८ नम्बरको बोलेरोमा २१ क्युफिट अबैध काठ तस्कर गरिरहेको अवस्थामा भरतपुर १७ गोब्रेनीबाट २२ बर्षिय केशव सार्की पक्राउ परेको पौडेलले जानकारी दिए । उनिहरु सबैको कारबाही प्रकृया चलिरहेको उनले बताए ।
यसै बिच पछील्लो समय धेरै तस्करहरु पक्राउ परेको पौडेलले बताए । पहिले पहिले तस्कर फरार हुने गरेको भएता पनि अहिले भने धेरै तस्करहरु पक्राउ पर्ने गरेको उनले बताए । यस्तै काठ तस्करी रोक्न तथा वन संरक्षणमा डिभिजन वन कार्यालय चितवन बिशेष योजनाका साथ अघी बढीरहेको पौडेलले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया