गैंडाकोट, बैशाख १५ – लुम्बिनी आइसिटी कलेजको आयोजनामा ५ दिने म्याटल्याब तथा लेटेक्स सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।लुम्बिनी आइसिटी कलेजको आयोजना तथा विश्वबिद्यालय अनुदान आयोगको सहकार्यमा आइतबारबाट प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी गैंडाकोट नगरपालिकाका प्रमुख मेयर छत्रराज पौडेलले उद्द्घाटन गरे । कार्यक्रमको उद्द्घाटन गर्दै मेयर पौडेलले गैंडाकोटको शिक्षा बिकासको लागि नगरपालिका संस्थागत कलेजहरु सहकार्य गर्न तयार रहेको बताएका छन् । यस्तै उनले नगरपालिका अन्तर्गत बन्ने शैक्षिक नियम र कार्यनितीको लागि सहकार्य गरेर अघी बढ्ने समेत प्रतिबद्दता ब्यक्त गरेका छन् ।


आफुहरु गैंडाकोटमा खुल्ला विश्व बिद्यालय बनाउने तयारी रहेको बताउदै मेयर पौडेलले त्यसो भएको खण्डमा गैंडाकोटलाई शैक्षिक सहरको रुपमा बिकास गर्न सकिने विश्वास ब्यक्त गरे ।लुम्बिनी आइसिटी कलेजका प्रमुख कैलाश कोइरालाको सभापतित्वमा सम्पन्न उद्द्घाटन शत्रमा कार्यक्रम संयोजक श्री कृष्ण न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
५ दिन सम्म सन्चालन हुने कार्यक्रममा प्रोफेसर डा. दिल बहादुर गुरुङ र डा. दिलु केसीले प्रशिक्षण दिने कलेजका प्राचार्य प्रताप कोइरालाले जानकारी दिए । ५ दिने कार्यक्रममा म्याट्ल्याक्स र लेटेक्सका बारेमा प्रशिक्षण दिईने उनले बताए ।लेटेक्समा र म्याट्ल्याक्स गरी यि दुई सफ्ट वेयरको प्रयोग बारे प्रक्षिक्षण दिईने उनले बताए ।
ल्याटेक्सको २ र म्याट्ल्याक्सको ३ दिन गरी ५ दिन सम्म प्रशिक्षण दिईनेछ । लेटेक्समा विद्यार्थी र शिक्षक गरी २० जना तथा म्याट्ल्याक्समा विद्यार्थी र शिक्षक गरी जम्मा ३० जनालाई मात्र प्रशिक्षण दिईने उनले बताए ।