मेस्सीले ३ खेल अगावै बार्सिलोनालाई बनाए च्याम्पियन

बैशाख १५ – बार्सिलोनाले ३ खेल अगावै स्पेनिस ला लिगाको उपाधी जितेको छ । ला लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा लेभान्टेलाई १-० ले पराजित गर्दै बार्सिलोना घरेलु मैदानमा लिग च्याम्पियन बनेको हो ।
गए रातीको जित पछी बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । लिगमा अब ३ खेल बाँकी रहदा शिर्ष स्थानको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अघी रहेको छ । यो अवस्थामा उसले बाँकी तीन वटै खेल हारे र एथ्लेटिकोले सबै खेल जिते पनि कुनै असर नपर्ने भए पछी बार्सिलोना ३ खेल अगावै च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोना मेस्सी बिना नै मैदान उत्रिएको थियो । शुरु देखी लेभान्टे बिरुद्द दबाब बनाए पनि गोल गर्न भने दोस्रो हाफ सम्म कुर्नु परेको थियो । पहिलो हाफमा नै बार्सिलोनाले गोल गर्ने केही अवसर गुमाएको थियो । फिलिप कौटिन्हो र लुइस स्वारेज पहिलो हाफमा गोल गर्नबाट चुके ।
दोस्रो हाफमा कौटिन्होको स्थानमा मेस्सी मैदान प्रवेश गरेका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ६२ औं मिनेटमा गोल गरे । आफ्नो कप्तानीमा बार्सिलोनालाई पहिलो पटक उपाधी दिलाउने क्रममा मेस्सी आँफैले निर्णायक गोल गरे ।
यो सँगै बार्सिलोनाले ला लिगाको उपाधी २६ औं पटक जितेको छ । पछील्लो ११ सिजनमा बार्सिलोनाले आठौं उपाधी जितेको हो ।
तपाइँको प्रतिक्रिया