व्यवहारिक शिक्षाको खाँचो : मन्त्री लामा
बैशाख १५, चितवन – प्रदेश न ३ का भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अबको शिक्षा व्यवहारीक हुनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राप्ती नगरपालिको प्रथम नगर परिषद एवम् नियुक्त स्थायी शिक्षकहरुलाई बधाई तथा सम्मान कार्यक्रममालाई सम्बोधन गर्दै मन्त्री लामाले अबको शिक्षा व्यवहारीक बन्न नसके बेरोगर थप बढ्दै जाने बताएका हुन ।
नेपाली समाजमा चलि आएको घोकन्ते शिक्षाले केहि फाईदा नहुँने भन्दै मन्त्री लामाले भन्नुभयो बिदेशी भुमीमा कमाउनकै लागि अध्ययन गर्ने परिपाटीले आफ्नो देशको लागि आवश्यक युवा शक्तिलाई विदेशतीर धकेलीरहेको छ । ब्यबहारिक शिक्षाले आफ्नै देशको माटो सुहाउने उत्पादन गर्न सक्ने बताउदै लामाले शिक्षकलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह पनि गर्नुभएको थियो ।
बर्तमान सरकार जनताको लागि बनेकाले समृद्धि तर्फ लागिरहेको भन्दै लामाले उद्योगी व्यवसायीको सहयोगका लागी प्रदेश सरकार सदैब तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राप्ती नगर पालिका प्यापसनका अध्यक्ष राम कृष्ण ,भरतपुर महानगरका दूध बहादुर श्रेष्ठ ,राप्ती नगर कार्यपालिका सदस्य पुष्प कुंवर, नेपाल एकाकृत शिक्षक सं. का अध्यक्ष गोकर्ण पाठक , नेपाल शिक्षक महासंघ राप्ती का अध्यक्ष विष्णु कंडेल , भनु भक्त आर्यल, नेपाल शिक्षक सङ्ठन जिल्ला अध्यक्ष दान बहादुर गुरुङ लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रभा बराल समेतको बिशेष उपस्थिति रहेको कार्यक्रममा सङ्गठनका उपाध्यक्ष विपि लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष सुन बहादुर लामाले ७४ सालको आय बिय प्रस्तुत गर्नुभयो । साबिक बिरेन्द्र नगर गाबिस सभाहलमा भएको कार्यक्रम संगठनका अध्यक्ष कुमार सिंह लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया