सिएमसी काण्ड : तोडफोड प्रती अस्पातल प्रशासनद्वारा खेद प्रकट (विज्ञप्ती सहित)

चितवन, बैशाख १४ – चितवन मेडिकल कलेजमा उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गए पछी भएको तोडफोड प्रती अस्पातल प्रशासनले खेद प्रकट गरेको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ का रुपेश घिमिरेको ९ महिनाको छोरा रुप्सन घिमिरेको अस्पातलको लापरबाहीको कारण ज्यान गएको भन्दै शनिबार साँझ परिवार र आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका थिए ।
घटना पछी विज्ञप्ती निकाल्दै अस्पताल प्रशासनले छानबिन गरी कानुनी उपचार गर्न छलफल चलिरहदा अनुचित माग गरी अस्पातलमा तोडफोड भएको भन्दै चितवन मेडिकल कलेजले खेद प्रकट गरेको छ ।
अस्पातलको विज्ञप्तीमा बिरामीको अवस्था बारे परिवार र आफन्तलाई बारम्बार जानकारी गराएको समेत जनाईएको छ । यस्तै बालरोग बिशेषज्ञको टोलीले उपचार गर्दा गर्दै सडेन क्रेडिक एरेस्टको कारण मृत्यु भएको उल्लेख गरिएको छ । अस्पातलले बच्चाको निधन प्रती दु:ख समेत ब्यक्त गरेको छ । रुप्सनको गत १३ गते शुक्रबार निधन भएको थियो ।


तपाइँको प्रतिक्रिया