लेभान्टेलाई हराउदै ३ खेल अघी नै च्यापियन बन्ने दाउमा बार्सिलोना
बैशाख १४ – स्पेनिस ला लिगामा बार्सिलोना ३ खेल अगावै लिग च्याम्पियन बन्ने बन्ने लक्ष्यका साथ आज मैदान उत्रदैछ । ला लिगा अन्तर्गत आज राती लेभान्टे बिरुद्द हुने खेलमा बारीस्लोना लिग च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रदैछ । बार्सिलोना सँग घरेलु मैदानमा घरेलु समर्थक सामु २६औं लिग उपाधि जित्ने अवसर रहेको छ ।
लिग लिडर बार्सिलोनालाई च्याम्पियन बन्नका लागि अब केबल ३ अंक आवश्यक रहेको छ । आजको खेल जिते उसले ३ अंक प्राप्त गर्नेछ र उसले उपाधी आफ्नो नाममा बनाउनेछ । यसर्थ बार्सीलोनाको लागि आजको खेल निकै बिशेष रहेको छ ।
बार्सिलोना र लेभान्टे बिचको खेल नेपाली समय अनुसार राती १२:३० बजे क्याम्पनाउमा हुनेछ । लिगमा ३४ खेल खेलेको बार्सिलोना ८० अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । समान खेल खेलेको एथ्लेटिको ७२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । बार्सिलोना बिरुद्द मैदान उत्रने तयारीमा रहेको लेभान्टे भने ३७ अंकका साथ १५ औ स्थानमा रहेको छ ।
तपाइँको प्रतिक्रिया