रोग न्यूनिकरण र रोकथामको लागि खोपको प्रभावकारीता महत्वपूर्ण

बैशाख १४, चितवन । रोग न्यूनिकरण र रोकथामको लागि खोपको भूमिका महत्वपूर्ण हुने पशु चिकित्सकहरुले बताएका छन । मानिसमा लाग्ने ८० प्रतिशतसम्मका रोग पशुपंक्षीको माधयमबाट सर्ने भएकोले चिकित्सकले भएकोले यसको भूमिका प्रभावकारी हुने बताएका हुन । बताएका छन । पशुपंक्षीबाट प्रत्यक्ष रुपमा सम्पर्कमा रहंँदा र पशुपंक्षीबाट उत्पादित दुध मासु, अण्डाको उपभोगबाट ती रोगहरु सर्ने पाइएको हो ।
ती पशुपंक्षीहरुबाट , क्षयरोग,रेविज, टाइफाक्ष्ड एन्ट्रयाक्स, पाल्मोलेला स्क्रबटाइफस लगायत अन्य रोगहरु व्याक्टेरियाबाट सर्ने चिकित्सकहरु बताउंँछन । आज भरतपुरमा प्रदेश न ३ भूमि तथा कृषि तथा सहकारी मन्त्रालय र नेपाल भेटेरिनरी एशोशियनले विश्व भेटरीनरी दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
खोपको उपयोगिता बिषयक कार्यक्रममा चिकित्सकले रोग न्यूनिकरण र रोकथामका लागि भ्याक्सिनको महत्वपूर्ण भूमिका रहने बताए । कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय पशुपंक्षी खोप उत्पादन प्रयोगशालका चिकित्सक डाक्टर सरोज चौधरीले पशुपंक्षी बाट मानिसमा अधिकांश रोग सर्ने भएकोले रोग रोकथाम र न्यूनिकरणका लागि खोप अनिवार्य रहेको बताए । ‘खोपको काम रोग नियन्त्रण र न्यूनिकरण गर्ने हो, उहांँले भने, जसले मानवमा सर्ने विभिन्न रोगबाट बच्न सहयोग गर्छ ।’ नेपालमा पशुपंक्षीमा लाग्ने १५ वटा भन्दा बढी रोगको भ्याक्सिन यहीं उत्पादन हुने गरेको बताउंँदै उनले हाल बढी खतराजनक रोगको भ्याक्सिन सरकारले पहिल्यै सर्तकता रहने बताए ।
कार्यक्रममा बोल्दै एशाशियसनका अध्यक्ष सुवास श्रेष्ठले कार्यक्रमको उदेश्यमा माथि प्रकाश पार्दै यस्ता कार्यक्रम मनाउंँदा मानिसमा जनचेतना फैलन सहयोग पुरयाउने र रोग निधान र उन्मुलनमा सहयोग पुग्ने बताए । हरेक बर्ष एशोशियसनले फरक फरक नारा का साथ खोप दिवस मनाइदै आएको बताउंँदै उनले यसलाई व्वहारमा उतार्नुपर्ने बताए । नेपालमा पशुपंक्षीको रोग नियन्त्रण र रोकथामको लागि नियमति खोपको प्रयोग गरिदै आएकोले गहुंँगोटी, फुडरट लगायतका रोगहरु उन्मुलन भइसकेको श्रेष्ठले जानकारी दिए । यस कार्यक्रमले विश्वभरमा पशुपंक्षी आएको रोगको चुनौति , चेतना एवं एक अर्काबीचको ज्ञान हस्तान्तरण हुने भएकोले यस्ता कार्यक्रम उपलब्धीमुलक हुने बताए । ‘यस कार्यक्रमले ग्लोबल्ली रुपमा आएको चुनौति को साथै एक अर्कासंँग भएका नलेज एक्स्चेन्जमा सहयोग पुर्याउंँछ ।’उनले भने ।
खोपको महत्व बारे बताउंँदै मकवानपुर भेटेरीनरी अस्पतालका प्रमुख डाक्टर चेतनारायण खरेलले सक्रामक रोग र खतराजनक रोगको बारेमा खोप अनिवार्य रहने बताए । खोप लगाउनुको मुख्य उद्धेश्यबारे उनले भने ,‘स्वस्थ पशुपंक्षीबाट स्वस्थ उत्पादन उपभोग होस र किसानलाई बचाउने हाम्रो उद्धेश्य हो । ’ मन्त्रालयको तथ्यांक अनुसार नेपालमा १ हजार ३५ जना भेटेरियन छन भने, यस बिषय अध्ययन अध्यापन गराउने ४ वटा शिक्षण संस्था छन ।
तपाइँको प्रतिक्रिया