साढे ९ महिनामा १०५ जनाले गरे आत्महत्या, महिला भन्दा पुरुष बढी
उर्गेन तामाङ, वैशाख १४, चितवन –
मानसिक तनावका कारण चितवनमा आत्महत्या गर्नेको संख्या भयावह बन्दै गईरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने सवारी दुर्घट््नाबाट ज्यान गुमाउने र आत्महत्या गर्नेको संख्या उस्ताउस्तै देखिएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को साउनयता साढे ९ महिनामा चितवनमा १०५ जनाले आत्महत्या गरेका छन । जसमध्ये झुण्डिएर ९१, विष सेवन गरी १२, हाम फालेर १, औजार हतियार प्रयोग गरी १ जनाले आत्महत्या गरेका छन ।
महिला भन्दा पुरुष बढी
जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको पाईएको छ । आत्महत्या गर्ने १०५ मध्ये ५४ जना पुरुष, ४० जना महिला रहेका छन । यस्तै बालक ३, बालिका ८ जना रहेका छन । अधिकांसले तनाव व्यवस्थापन गर्न नसक्दा मृत्युवरण गर्छन भने केहिले आवेगमा निर्णय गर्ने, अरुलाई घुर्काउन, आफन्तलाई देखाउन गर्ने गरेका छन । किसोरकिसोरीहरुले प्रेममा धोका पाएपछि, केहिलाई भने दोस्रो व्यक्तिको व्यवहारले आत्महत्याका लागी बाध्यपार्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
मानसिक तनाव प्रमुख कारण
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार आत्महत्या गर्नुको प्रमुख कारण पारीवारीक कलह र असमझदारी रहेको पाईएको छ । परिवारका सदस्यविच झगडा हुनु, शारिरिक तथा मानसिक यातना भोग्नुको विकल्पको रुपमा देह त्याग गर्ने निर्णयमा पुग्नेगरेको अनुसन्धानका क्रममा देखिएको रेग्मीको भनाई छ ।
यस्तै गरीविका कारण आप््mना आवश्यकता पुरा गर्न नसक्नु, एक्लोपन महसुस हुनु, सामाजीक, साँस्कृतिक तथा धार्मिक मुल्यमान्यतालाई दवावका रुपमा लिदा उत्पन्न हुने तनावले पनि दुखद निर्णयमा पुग्ने गरेका छन । विभिन्न किसीमका भिडियो, फोटो हेर्दा बालबालीका र किसोरावस्थाको कलिलो मस्तिस्कमा नकारात्मक सोच उत्पन्न हुने हुँदा उनिहरु अञ्जानमा यस्को सिकार भईरहेका छन । बालबालीकाहरुलाई अरु कसैले उक्साउदा पनि यस्तो घट््ना हुनेगरेको पाइएको छ ।
पछिल्लो समय जिल्लामा एक महिलाले किसोरअवस्थाका छोरा छोरीसहित ३ जनाले सामुहिक आत्महत्या गरेका थिए । उनिहरुको पारिवारीक बेमेलसँगै आर्थीक समस्या, सामाजीक मुल्यमान्यताको डर देखिएको छ । यस्तै एक युवतिले अशुरक्षित यौन सम्बन्धबाट बसेको गर्भ गर्भपतन गराउन नपाउँदा आत्महत्या गरेकी प्रहरीले जनाएको छ । विवाहित पुरुषले अविवाहित युवतीलाई प्रेममा पारी यौन सम्बन्ध राख्दा बसेको गर्भपतनमा सम्बन्धीत पुरुषले सहजीकरण नगर्दा दुखद घट््ना घटाउन बाध्य बनेको पाईएको डिएसपी रेग्मीले बताए ।
आत्महत्या दुरुत्साहनसम्बन्धी ५ वटा मुद्धा दर्ता
केहि आत्महत्या दोस्रो व्यक्तिको तनावबाट हुनेगरेको भन्दै रेग्मीले भने ‘आत्महत्याका लागी बाध्य पार्ने, समर्थन गर्ने वा प्रोत्साहत गर्ने जोकोहिविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा दर्ता गरी कार्वाहि हुन्छ ।’ उनिहरुलाई घट््नाको प्रकृति हेरी जेल सजाय हुने कानुनी प्रावधान रहेको छ । चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा जिल्लामा आत्महत्या दुरुत्साहनसम्बन्धी ५ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुद्धा शाखाका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
आत्महत्यालाई रोक्न अभिभावक लगायत परिवारका सदस्य, नजिकका आफन्त, साथीभाई, छरछिमेकि, शिक्षक तथा सामाजीक अभियान्ताहरुको ठुला हात रहने सरोकारवालाको भनाई छ । हरेक समस्या समाधानको विकल्प रहने भन्दै मृत्यु नै समस्याको समाधान होईन भन्ने सन्देश सवैमाझ पुर्याउन सामाजीक अभियानको आवश्यकक्ता रहेकोमा उनिहरुको जोड छ ।
तपाइँको प्रतिक्रिया