मुक्तिनाथको शाखा हाकिमचोकमा

बैशाख १३, भरतपुर । मुक्तिनाथ विकास बैंकले आजदेखि भरतपुरमहानगरपालिकाको वडा नम्बर १० स्थित हाकिमचोकमा नयांँ शाखा संचालनमा ल्याएको छ । आज एक समारोहका बैंकले औपचारिक रुपमा नयांँ शाखाको शुभारम्भ गरेको हो ।
ग्राहकहरुको चाहना तथा सेवासुविधालाई मध्यनजर गरी शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले पैसा कमाउनु भन्दा पनि बचत गर्नु ठुलो कुरा रहेको भन्दै बैकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी उत्तरदायित्व बहन गर्ने आशा व्यक्त गरिन । स्वागत मन्तव्य व्यक्त गर्दै बैकका शाखा प्रमुख गंगाधर तिमिल्सिनाले बैकको सेवा सुविधा बारेमा जानकारी दिदैं बैंकले साना व्यवसायी देखि ठुला व्यवसायीलाई लक्षित गर्दे कर्जा प्रवाह गर्दै आएको बताए । ,‘हामीले १ हजारदेखि १ करोडसम्मका व्यवसायीलाई कर्जा प्रवाह गरेका छौ,उनले भने, यो बैंक जनताको घरघरमा जानुपर्छ भन्ने मुल नाराका साथ स्थापित भएको हो ।’ यो संँगै यस बैंकको चितवनमा मात्र ५ वटा शाखा भएका छन भने यसको देशभर १सय २० वटा शाखा रहेका छन ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद राउतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्याउली बजार टोल विकास संस्थाका अध्यक्ष गौरीश्वर सापकोटा तथा विभिन्न महानगरका वडा अध्यक्षहरु, संघसंस्थाहरुका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया