बैशाख १२ को विनाशकारी भुकम्प : मृतकहरुको सम्झनामा दिप प्रज्वलन

चितवन, बैशाख १२ – २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको आज ४ बर्ष पुरा भएको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको बिनाशकारी भुकम्पमा परी ९ हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । उक्त भुकम्प पछी अहिले सम्म ४५ हजार भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिनाशकारी भुकम्प गएको ४ बर्षको सम्झनामा आज देशै भर दिप प्रज्वलन गरिएको छ । भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा आज देशै भरी दिप प्रज्वलन गरिएको हो । यसै क्रममा आज चितवनको पनि बिभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।
चितवनका बिभिन्न संस्थाहरु र सामाजिक सन्जाल फेसबुकका बिभिन्न ग्रुपहरुले आज साझँ चोक चोकमा दिप प्रज्वलन गरेका छन् । भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा भरतपुर र नारायणगढका बिभिन्न चोकहरुमा आज दिप प्रज्वलन गरिएको हो ।
भरतपुरको चौबिसकोठीमा चितवन ग्रीन लायन्स क्लब, प्रगतीशिल युवा क्लब तथा चितवनमा सकृय सामाजिक क्लबहरुको एउटै समुह टिम चितवन लगायतले आज साझँ दिप प्रज्वलन सहित मृतकहरुको सम्झनामा मौन धराण गरेको छ ।कार्यक्रममा सहभागीहरुले भुकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तीको कामना गरेका छन् । उनिहरुले बैशाखा १२ को त्यो विनाशकारी भुकम्प फेरी नदोहोरियोस् भन्ने कामना पनि गरेका छन् । यस्तै उनिहरुले भुकम्पबाट क्षेती पुगेका सबै पुरातात्विक भवनको पुन निर्माण छिटो गर्न आग्रह गरेका छन् ।
उता नारायणगढको लायन्सचोकमा सन्देश फाउन्डेशन र सामर्थ्य नेपालले संयुक्त आयोजनामा दिप प्रज्वलन गरेको छ । यस्तै अन्य बिभिन्न संस्थाहरुले बिभिन्न ठाउँमा दिप प्रज्वलन गर्दै विनाशकारी भुकम्पमा परी ज्यान गुमाएका मृतकहरुलाई सम्झिएका छन् ।
तपाइँको प्रतिक्रिया