रामपुरलाई हराउदै ठोरी माडी गोल्ड कपको फाइनलमा

माडी, बैशाख १२ – रामपुर फुटबल क्लब रामपुरलाई पराजित गर्दै ठोरी स्पोर्टस क्लब माडीमा जारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न खेलमा ठोरीले रामपुरलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको हो ।
त्यस अघी निर्धारित समयमा दुबै टोलीबाट १-१ गोल भए पछी खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो । खेलको म्यान अफ दि म्याच ठोरीका गोलरक्षक निश्चल दुलाल घोषित भए । उनले रामपुरको २ पेनाल्टी बचाएका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार स्टार स्पोर्टस क्लब माडी र एभरेष्ट क्लब चितवन बिच खेल हुनेछ । उक्त खेलको बिजेताले उपाधीको लागि ठोरीको सामना गर्नेछ ।बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।


तपाइँको प्रतिक्रिया