‘बीर बिक्रम’ को ट्रेलर सार्वजनिक, पल र नाजिर साथी हुँदा बर्षा भिलेन (भिडियो)

बैशाख १२ – जेष्ठ ३ गतेलाई प्रदर्शन मिती तय गरेको बर्षकै बहुप्रतिक्षित चलचित्र ‘बीर बिक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीवार एक कार्यक्रमका बिच चलचित्रको ३ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरलाई दर्शकलाई हल सम्म तान्न सक्ने देखिन्छ ।
सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य कलाकारहरु पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दी तामाङ फिचर्ड रहेका छन् । ट्रेलर माया प्रेम, मित्रता, द्वन्द र कमेडीले भरिपूर्ण रहेको छ । टेलरले चलचित्र कमर्सियल बनेको स्पष्ट पार्दछ । चलचित्रमा पल (बीर) र नाजिर (बिक्रम) को भूमिकामा रहेका छन् ।
पल र नाजिर मित्रताको भूमिकामा रहेका छन् ।चलचित्रमा बर्षालाई भिलेनको अवतारमा देखाईएको छ । बर्षा पल र नाजिरको मित्रतामा भिलेनको रुपमा रहेकी छिन् । अभिनेत्री बर्षा बादलको भूमिकामा रहेकी छिन् । बुद्दी तामाङलाई भिलेनको भूमिकामा रहेका छन् ।
चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा पल, नाजित, बर्षा र बुद्दीको अलावा देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री लयायतको पनि मुख्य अभिनय रहेको छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अर्पर्ण थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका हुन् । ‘पिरतीको मिठो तिर्सना’ र ‘बाचा’ बोलको गीतले चलचित्रलाई राम्रो हाइप प्राप्त भएको छ ।
तपाइँको प्रतिक्रिया